मुख्य समाचार
एमालेले संगठन निर्माणमा आफ्नै छोराछोरीलाई जोड्ने अभियान चलाउने
एमालेले संगठन निर्माणमा आफ्नै छोराछोरीलाई जोड्ने अभियान चलाउने

। नेकपा एमालेले संगठन निर्माणमा आफ्नै छोराछोरीलाई जोड्ने अभियान चलाउने भएको छ ।

राजधानीमा सम्पन्न दुई दिने कार्यशाला गोष्ठीले पार्टीका नेता तथा कार्यकर्ताहरूकै छोराछोरीलाई पार्टीमा आवद्ध गराउने अभियान चलाउने घोषणा गरेको छ ।

‘नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आवद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ,’ संकल्प पत्रमा भनिएको छ ।

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेकै नेता–कार्यकर्ताहरूका छोराछोरीलाई पार्टी कमिटीमा आवद्ध गराउन यो अभियान चलाउन लागिएको हो ।

‘पार्टीमा आवद्ध नेताहरूकै परिवारबीच चिनजान, घुलमिल र आत्मीय बनाउने कुरालाई प्रोत्साहन गर्न यो अभियान चलाइएको हो,’ आचार्यले भने, ‘यो अभियानले हाम्रै परिवारका सदस्यहरूलाई पार्टी सदस्य बन्न प्रेरित गर्नेछ भने उनीहरूले समाजका अरू क्षेत्रलाई पनि प्रभावित बनाउनेछ ।’

एमालेमा नेताहरूकै छोराछोरीले पार्टीमा भोट नहालेको, संगठनमा नबसेको, पार्टीप्रति रुचि नराख्ने जस्तो प्रवृत्ति देखिएको चिन्ता केही समय यता देखिने गरेको थियो । गत निर्वाचनमा एमालेले सर्मनाक पराजय बेहोर्दा पनि नेताहरुकै परिवारको मत नआएको चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भारत प्रबुद्ध समूहका नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले इपिजीको प्रतिवेदन र त्यससँग सम्बन्धित कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई नै जिम्मामा राख्न दिएका छन् । उमेरका कारण आफ्नो स्वास्थ अवस्थालाई कारण देखाउँदै उनले परराष्ट्र मन्त्री र परराष्ट्र सचिवको जिम्मामा चाबी हस्तान्तरण गरेका हुन् । नेपाल र भारतका समस्या र समाधानमा उपाहरू खोज्न दुवै देशले ...
। सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बिहीबार दिउँसो १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले अंकितालाई ठक्कर दिएको थियो । उनी त्यो बेला विद्यालयबाट घर ...
। गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् । संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ...
। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका ...