मुख्य समाचार
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गएराति कावासोतीबाट नारायणगढतर्फ आइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार नवलपुरको मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेकोे छ ।

ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भारत प्रबुद्ध समूहका नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले इपिजीको प्रतिवेदन र त्यससँग सम्बन्धित कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई नै जिम्मामा राख्न दिएका छन् । उमेरका कारण आफ्नो स्वास्थ अवस्थालाई कारण देखाउँदै उनले परराष्ट्र मन्त्री र परराष्ट्र सचिवको जिम्मामा चाबी हस्तान्तरण गरेका हुन् । नेपाल र भारतका समस्या र समाधानमा उपाहरू खोज्न दुवै देशले ...
। सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बिहीबार दिउँसो १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले अंकितालाई ठक्कर दिएको थियो । उनी त्यो बेला विद्यालयबाट घर ...
। गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् । संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ...
। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका ...