मुख्य समाचार
पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने
पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने बताएका छन् । हाल जनतासँगको सम्बन्ध कमजोर भएको देखिए पनि पुन: बलियो बनाउन सकिनेमा उनी आशावादी देखिएका छन् ।

तर त्यसका लागि खुला आत्मसीक्षासहित एकता र अनुशासन अपरिहार्य रहेको उनको जोड छ ।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला महासचिव पोखरेलले आज फेसबुकमा यी धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ । समस्या छन्, समाधान गर्न सकिन्छ । निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुन: मजबुत बनाउन पनि सकिन्छ ।’
‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्,’ महासचिव पोखरेलले थप लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच चितवनको भरतपुरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आम्दानी बाँडफाँट गर्ने सम्झौता भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित ९ करोड बजेट निकासा गर्न सम्झौता अनिवार्य हुनुपर्ने भएपछि महानगरपालिकाले प्रदेशसँग भविष्यमा रंगशाला सञ्चालनबाट प्राप्त हुने आम्दानी बाँडफाँट गर्ने सम्झौता गरेको हो । केही दिनअघि भएको ...
: कम भोल्टेजको समस्याको निराकरण, सिचाई टान्सफर्मर जडानको माग गर्दै महोत्तरीको गौशालास्थित नेपाल विद्युत प्राधिकरणको प्रशाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार विहान १० बजेको समयमा स्थानीय सेवाग्राहीहरुको एक समूहले विभिन्न माग राख्दै कार्यालय प्रमुख उपप्रवन्धक उमेशप्रसाद यादवलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा कम भोल्टेज र टान्सफर्मरको अभावमा किसानहरु खेतमा सिंचाइबाट बन्चित भएको, जडान गरिएको टान्सफर्मरहरु ...
काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि महानगरपालिकाले इच्छुक सामुदायिक संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गैरनाफामूलक संघसंस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई महोत्सव सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव मागेको जनाएको ...
। पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा बिहीबार अध्यागन विभागले दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जना पुरुष रहेका छन् । प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले सामाजिक सञ्जाल ...
: सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शानलगायत लेखिएका प्लेकार्ड प्रदर्शन ...