मुख्य समाचार
मेटाले सञ्चारमाध्यमहरूलाई आर्थिक सहयोग गर्न डिजिटल प्लेटफर्महरूलाई बाध्य पार्ने अस्ट्रेलिया सरकारको नयाँ योजनाप्रति कडा आपत्ति
मेटाले सञ्चारमाध्यमहरूलाई आर्थिक सहयोग गर्न डिजिटल प्लेटफर्महरूलाई बाध्य पार्ने अस्ट्रेलिया सरकारको नयाँ योजनाप्रति कडा आपत्ति

। सामाजिक सञ्जालको विशाल कम्पनी मेटाले सञ्चारमाध्यमहरूलाई आर्थिक सहयोग गर्न डिजिटल प्लेटफर्महरूलाई बाध्य पार्ने अस्ट्रेलिया सरकारको नयाँ योजनाप्रति कडा आपत्ति जनाएको छ।

मेटाले सरकारको उक्त प्रस्तावलाई खराब ढङ्गले डिजाइन गरिएको र अत्यन्तै अन्यायपूर्ण भन्दै आलोचना गरेको हो।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले बिहीबार सरकारसमक्ष आफ्नो सुझाव पेस गर्दै सरकारको न्यूज बार्गेनिङ इन्सेन्टिभ (एनबीआई) योजनाले सञ्चारमाध्यमहरूलाई दिगो मिडिया वातावरणका लागि आवश्यक पर्ने नयाँ नवप्रवर्तन गर्नबाट रोक्ने दाबी गरेको छ।

मेटाले सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘एनबीआईले उल्टो काम गर्छ । यसले सञ्चारमाध्यमहरूले दिगो व्यावसायिक मोडेल बनाएका छन् वा छैनन् भन्ने कुराको वास्ता नगरी राजस्वको ग्यारेन्टी गरिदिन्छ। यसले उनीहरूलाई बदलिँदो समयअनुसार अघि बढ्ने प्रतिस्पर्धात्मक दबाबबाट जोगाउँछ। रूपान्तरण सबैभन्दा बढी आवश्यक भएको बेला यसले परनिर्भरतालाई झन् संस्थागत गर्छ।’

मेटाले सरकारी योजना आर्थिक रूपमा अमिल्दो प्रस्तावले मिडिया क्षेत्रलाई दिगो बनाउन नसक्ने र यसले अमेरिकासँगको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) मा अस्ट्रेलियाले गरेको प्रतिबद्धताको समेत स्पष्ट रूपमा उल्लङ्घन गर्ने दाबी गरेको छ।

मूल्य आदानप्रदानको कुनै सम्बन्ध नै नभएका विदेशी कम्पनीहरूमाथि दण्डात्मक कर लगाएर बलियो र स्वतन्त्र सञ्चारमाध्यम निर्माण हुन नसक्ने मेटाको तर्क छ।

के छ अस्ट्रेलिया सरकारको योजना ?

अस्ट्रेलियाको केन्द्र-वामपन्थी लेबर पार्टी सरकारको योजनाअनुसार यदि सामाजिक सञ्जाल र सर्च प्लेटफर्महरूले अस्ट्रेलियाली सञ्चारमाध्यमहरूलाई उनीहरूको समाचार सामग्रीका लागि भुक्तानी गर्ने सम्झौता गरेनन् भने उनीहरूले अस्ट्रेलियामा गर्ने कुल आम्दानीमा २.२५ प्रतिशत लेभी (कर) तिर्नुपर्नेछ।

त्यस्तै, तोकिएको न्यूनतम संख्यामा व्यावसायिक सम्झौता गर्ने प्लेटफर्महरूले यो करलाई घटाएर १.५ प्रतिशतमा झार्न सक्नेछन्। यस करबाट संकलन हुने रकम सञ्चारमाध्यमहरूले रोजगारी दिएका पत्रकारहरूको संख्याका आधारमा वितरण गरिनेछ।

यो नयाँ प्रस्तावले विशेष गरी मेटा, गुगल र टिकटकको माउ कम्पनी बाइटडान्सलाई लक्षित गरेको छ। तर, सर्च ट्राफिकलाई प्रभाव पार्ने ओपनएआई जस्ता एआई विकासकर्ताहरूलाई भने यसमा समेटिएको छैन।

यसअघिको सरकारले ल्याएको ‘न्यूज बार्गेनिङ कोड’ लाई मेटा लगायतका कम्पनीहरूले आफ्नो प्लेटफर्मबाट समाचार सामग्री नै हटाएर निष्क्रिय पारिदिएपछि वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिजले गत अप्रिलमा यो नयाँ योजना अघि सारेका हुन्।

सरकारको अनुमानअनुसार संसद्‌बाट यो योजना पारित भएमा यसले स्थानीय सञ्चारमाध्यमका लागि वार्षिक २० करोड देखि २५ करोड अस्ट्रेलियाली डलर (अमेरिकी डलर १४ करोड ३ लाख देखि १७ करोड ८ लाख) संकलन गर्नेछ।

अस्ट्रेलियाको मिडिया युनियन ‘मिडिया इन्टरटेनमेन्ट एन्ड आर्ट्स एलायन्स’ का अनुसार विज्ञापन संकलनमा आएको ठूलो ह्रासका कारण सन् २००८ यता मात्रै अस्ट्रेलियामा १९,५०० भन्दा बढी पत्रकारको जागिर गइसकेको छ।

(अजजजिराबाट)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...