मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा

: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने गरी अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका हुन् । उनले ४८ सालपछि एकै पटक त्यति ठूलो महत्वाकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरू घोषणा गरिएको यो पहिलो पटक भएको दावी गरे ।

उनले सडक पूर्वाधारमा लामो समयदेखि थाँती राखिएका तर कार्यान्वयन हुन नसकिरहेका अधुरा कार्यहरुलाई टुङ्गाएर छाड्ने बताए । राजनीतिक श्रेयको होडबाजीमा लाग्नु हुन्न भनेर उदारतापूर्वक अधुरा आयोजनालाई सम्पन्न गर्न पर्याप्त बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । उनले ऊर्जा मन्त्रालयका तर्फबाट पनि रोकिएका ट्रान्समिसन लाइन निर्माणको कार्यलाई एक बर्षभित्रै सम्पन्न गर्नका लागि सात–आठ अर्ब विनियोजन गरिएको उल्लेख गरे ।



मन्त्री वाग्लेले गरिबहरूलाई पैसा बाँड्दैमा गरिबीबाट माथि आउने नभएकाले गरिबी हटाउनका लागि रोजगारी आवश्यक रहेको बताए । यसका लागि पनि निजी क्षेत्र चलायमान हुन आवश्यक रहेको उनले बताए । उनले सरकारले अघि सारेको करको व्यवस्थाप्रति अन्यौलता राख्न जरुरी नभएको बताए । अन्तिम उपभोक्तालाई भार नपर्ने गरी करका बिषयमा सरकारले आवश्यक योजना ल्याउने उनले बताएका छन् । उनले जनताको ठूलो म्याण्डेड पाएको सरकारले नै देश र अर्थतन्त्रको सुधार गर्ने भएकाले यसबारे जनतालाई बुझाएर नै अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे । नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, ...
। विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ । सुटकेशमा विद्युतिय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउन आदेश दिएको हो । व्यवसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा झिटिगुण्डामा ...
। जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी सेम्माकी ३२ वर्षीय देबी बिष्ट (कार्की)लाई मानसिक यातना दिएर मर्न बाध्य बनाएको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका ४९ वर्षीय कुमार थापालाई पक्राउ गरिएको हो । देवी गत जेठ २० गते घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताएका छन् । राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए । शुक्रबार पार्टीको गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘खुट्टामा पलाएको ऐंजेरु जुत्ता लगाउन पनि अप्ठ्यारो, हिँड्न पनि अप्ठ्यारो ...
। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो । प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले ...