मुख्य समाचार
राष्ट्रिय सभामा एक सिट साढे चार महिनादेखि रिक्त
राष्ट्रिय सभामा एक सिट साढे चार महिनादेखि रिक्त

। राष्ट्रिय सभामा एक सिट साढे चार महिनादेखि रिक्त छ । राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमले गत ४ माघ २०८२ मै राजीनामा दिएका थिए । उक्त स्थान त्यसबेलादेखि नै रिक्त छ । रिक्त पदमा नियुक्तिका लागि पूर्वगृहमन्त्री ओम प्रकाश अर्याल सिफारिस भए पनि उनको नाम सदर भएन ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित भएर आउँछन् भने तीन जना राष्ट्रपतिबाट मनोनित हुन्छन् । संविधानको धारा ८६ मा यससम्बन्धी व्यवस्था छ ।




प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ/आठ जना गरीे ५६ जना निर्वाचित हुन्छन् । बाँकी तीन जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।

राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । यसअनुसार सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदमा अर्याललाई सिफारिस गरेको थियो । १ चैत २०८२ मा भएको उक्त सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेनन् ।




२१ फागुनमा प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन नेतृत्वमा सरकार बन्यो । नयाँ सरकारले पनि राष्ट्रिय सभामा रिक्त रहेको पदमा नियुक्ति सिफारिस गर्ने सन्दर्भमा कुनै निर्णय लिएको छैन ।

संविधानत: सरकारले सिफारिस गरेपछि राष्ट्रपतिले मनोनित गर्नुपर्छ । संविधानको धारा ८६ मै यसरी मनोनित हुने राष्ट्रिय सभा सदस्यको योग्यता तोकिएको छ । जसअनुसार मनोनित हुने तीन जना सदस्यहरू राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका प्रख्यात विज्ञ तथा बुद्धिजीवीहरू हुनुपर्ने हुन्छ ।

मनोनित गरिने तीन जनामध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्छ । हाल मनोनित दुई जनामा नारायण प्रसाद दाहाल र डा. अन्जान शाक्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे । नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, ...
। विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ । सुटकेशमा विद्युतिय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउन आदेश दिएको हो । व्यवसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा झिटिगुण्डामा ...
। जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी सेम्माकी ३२ वर्षीय देबी बिष्ट (कार्की)लाई मानसिक यातना दिएर मर्न बाध्य बनाएको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका ४९ वर्षीय कुमार थापालाई पक्राउ गरिएको हो । देवी गत जेठ २० गते घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताएका छन् । राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए । शुक्रबार पार्टीको गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘खुट्टामा पलाएको ऐंजेरु जुत्ता लगाउन पनि अप्ठ्यारो, हिँड्न पनि अप्ठ्यारो ...
। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश दिएको हो । प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले ...