मुख्य समाचार
पानीको बोतल लैजान नपाउने फिफाको नियमप्रति तापक्रम विशेषज्ञको आपत्ति
पानीको बोतल लैजान नपाउने फिफाको नियमप्रति तापक्रम विशेषज्ञको आपत्ति

। फिफाले सन् २०२६ को विश्वकपअघि गरेको नयाँ निर्णयका कारण फ्यानहरूको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै आलोचना सामना गरिरहेको छ ।

फिफाले सुरक्षासम्बन्धी कारण देखाउँदै अबदेखि स्टेडियमभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नपाइने नियम लागू गरेको छ । यो निर्णय प्रतियोगिता सुरु हुनुभन्दा मात्र ७ दिनअघि गरिएको हो ।
त्यसभन्दा पहिले स्टेडियमको आधिकारिक आचारसंहितामा भनिएको थियो, ‘स्पष्टताको लागि खाली, पारदर्शी र पुनः प्रयोग गर्न मिल्ने १ लिटरसम्मका प्लास्टिक बोतल स्टेडियमभित्र ल्याउन अनुमति छ ।’

तर अब फिफाले बोतल, कप, जार र क्यान सबै प्रतिबन्ध गरेको छ । फिफाका अनुसार, दर्शकहरूले बोतल फ्याँक्ने जस्ता सम्भावित खतराबाट खेलाडी र अन्य व्यक्तिहरूलाई जोगाउन यस्तो कदम चालिएको हो । ‘फिफा सबै खेलाडी, रेफ्री, फ्यान, स्वयंसेवक र कर्मचारीहरूको स्वास्थ्य र सुरक्षाप्रति प्रतिबद्ध छ’ फिफाले भनेको छ ।

दर्शकहरूले स्टेडियमभित्रै पानी किन्न सक्नेछन् र फिफाले सामान्य मूल्यभन्दा बढी नलिने दाबी गरेको छ । तर तापक्रम विशेषज्ञहरूले यो निर्णयको आलोचना गर्दै यसले गर्मीसम्बन्धी स्वास्थ्य जोखिम अझ बढाउन सक्ने बताएका छन् । एक विशेषज्ञका अनुसार यो प्रतिबन्धले ‘हिट-रिलेटेड’ स्वास्थ्य समस्या हुने जोखिम स्पष्ट रूपमा बढाउनेछ ।

मे महिनामा वैज्ञानिकहरूले पनि चेतावनी दिएका थिए कि फिफाको गर्मी व्यवस्थापन योजना पर्याप्त छैन, किनकि १६ मध्ये १४ खेलस्थलमा खतरनाक स्तरको तापक्रम पुग्ने सम्भावना छ।

फिफाले भनेको छ कि आयोजक सहर र स्थानीय निकायसँग मिलेर गर्मी नियन्त्रणका उपायहरू जस्तै—मिस्टिङ स्टेशन, पंखा, पानी पिउने स्टेशन र कूलिङ टेन्टहरू उपलब्ध गराइनेछ ।

स्टेडियमभित्र पानीको मूल्य अन्य कार्यक्रमहरूमा जस्तै सामान्य रहने फिफाले बताएको छ । यो नीतिगत परिवर्तन टिकटको ‘अत्यधिक मूल्य’ र महँगो यातायात भाडाबारे पहिले नै उठिरहेको विवादको बीच आएको हो ।

अघिल्लो विश्वकप (कतार) मा पनि स्टेडियमभित्र बोतल लैजान प्रतिबन्ध थियो । यो निर्णयलाई इंग्ल्यान्डसहित अन्य देशका समर्थकहरूले ‘अचम्मको निर्णय’ भन्दै आलोचना गरिरहेका छन् ।

उनीहरूको भनाइ अनुसार धेरै फ्यानहरूले यसलाई ‘पैसा कमाउने अर्को तरिका’ (मनी ग्र्याब) को रूपमा लिएका छन् । उनीहरूले भनेका छन् कि अत्यधिक गर्मी हुने स्टेडियममा दर्शकलाई पानी ल्याउन रोक्नु उचित छैन ।

उनीहरूले स्टेडियमभित्र पानीका फाउन्टेन निःशुल्क हुने आशा पनि व्यक्त गरेका छन् ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम