मुख्य समाचार
काठमाडौं महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने
काठमाडौं महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने

काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि महानगरपालिकाले इच्छुक सामुदायिक संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गैरनाफामूलक संघसंस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई महोत्सव सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव मागेको जनाएको हो ।

सूचनाअनुसार महानगरपालिकाले उपलब्ध गराउने स्थान, समय, सर्त तथा मापदण्डको आधारमा कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रस्ताव ७ दिनभित्र सम्पदा तथा पर्यटन विभागमा पेश गर्नुपर्नेछ ।

महोत्सवका लागि परम्परागत टोल, बहाः, बही, चोक, नदी किनार, एम्फिथिएटर तथा पार्कजस्ता खुला स्थान प्रयोग गर्न सकिने जनाइएको छ ।

महानगरपालिकाले छनोट भएका संस्थासँग सहकार्य गरी सहभागितामूलक ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने जनाएको छ । साथै क्युरेटेड फिल्म प्रदर्शनका लागि एलईडी स्क्रिन, साउण्ड सिस्टमलगायत आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराइने बताइएको छ ।

युनेस्कोको रचनात्मक सहरअन्तर्गत फिल्म विधाको सदस्य रहेको महानगरपालिकाले सृजनात्मक उद्योगको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम अघि बढाएको जनाएको छ ।

यसवर्षको कान्स फिल्म फेस्टिभलमा सहभागी भएर फर्किएपछि कार्यवहाक नगरप्रमुख सुनिता डंगोलले यो कार्यक्रम संचालन हुन लागेको जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण भनेको छ । महासचिव शंकर पोखरेलले आज वक्तव्य जारी गरेर जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । ‘प्रतिवेदन घटनाको वस्तुगत अनुसन्धान भन्दा पनि पूर्वनिर्धारित निष्कर्षलाई पुष्टि गर्नेगरी प्रायोजित, नियोजित र निर्देशित रुपमा योजनाबद्ध ढंगले बदनियतपूर्ण दिशामा बढी केन्द्रीत भएको देखिएको छ,’ एमालेको ...
। सप्तरीमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकमा बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका–१२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरूले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरेका हुन् । ‘दुई महिनामा यो ...
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे । नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, ...
। विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ । सुटकेशमा विद्युतिय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउन आदेश दिएको हो । व्यवसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा झिटिगुण्डामा ...