मुख्य समाचार
चीनका राष्ट्रपति सी जिनपिङ अर्को साता उत्तर कोरियाको दुर्लभ भ्रमणमा जाने भएका छन्
चीनका राष्ट्रपति सी जिनपिङ अर्को साता उत्तर कोरियाको दुर्लभ भ्रमणमा जाने भएका छन्

: चीनका राष्ट्रपति सी जिनपिङ अर्को साता उत्तर कोरियाको दुर्लभ भ्रमणमा जाने भएका छन् । यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमण गरेको केही सातापछि हुन लागेको हो ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले शुक्रबार जनाएअनुसार, सी आगामी सोमबारदेखि सुरु हुने दुई दिने राजकीय भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नेछन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले पनि भ्रमणको पुष्टि गरेको छ ।
सन् २०१९ पछि सीको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ ।

यसलाई बेइजिङले आफ्नो ऐतिहासिक तर कहिलेकाहीँ जटिल रहने छिमेकीसँगको सम्बन्धलाई थप न्यानो बनाउने प्रयासका रूपमा हेरिएको छ । यो सीको यस वर्षको पहिलो विदेश भ्रमण पनि हुनेछ । सीको पछिल्लो विदेश भ्रमण गत अक्टोबरमा दक्षिण कोरियामा भएको एशिया प्यासिफिक इकोनोमी कर्पोरेशन समिट सम्मेलनमा भएको थियो, जहाँ उनले ट्रम्पसँग पनि भेट गरेका थिए।

त्यसयता विभिन्न देशका नेताहरू बेइजिङ भ्रमणमा पुगेका छन् । सीले सन् २०२६ मा मात्रै १७ जना विश्व नेताहरूलाई बेइजिङमा स्वागत गरिसकेका छन् र यसै साता लाओसका राष्ट्रपतिसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ । सी र किमको पछिल्लो भेट सेप्टेम्बरमा बेइजिङमा आयोजित सैन्य परेडमा भएको थियो । उक्त कार्यक्रममा किम विशेष अतिथिका रूपमा सहभागी भएका थिए भने पुटिन पनि उपस्थित थिए । तीनै नेताले त्यस अवसरमा असाधारण एकता प्रदर्शन गरेका थिए ।

विश्लेषकहरूका अनुसार आगामी भ्रमणले सीलाई विश्व राजनीतिमा प्रभावशाली मध्यस्थकर्ता र शक्ति केन्द्रका रूपमा प्रस्तुत हुने अर्को अवसर प्रदान गर्नेछ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मे महिनामा चीन–उत्तर कोरिया आदानप्रदानले ‘दुवै पक्षको हित र क्षेत्रीय शान्ति तथा स्थिरतालाई सेवा गर्ने’ बताएकी थिइन् ।

सीको भ्रमणको समयलाई लिएर उनले ट्रम्प र किमबीच सम्भावित मध्यस्थकर्ताको भूमिका खेल्न खोजेको हुनसक्ने अड्कलबाजी पनि भइरहेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए । उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गराउने उद्देश्यले सुरु गरिएको त्यो कूटनीतिक प्रयास अन्ततः सफल हुन सकेन । तर ट्रम्पले त्यस किसिमको संवाद पुनः सुरु गर्न चाहेको संकेत पटक–पटक दिएका छन् । मे महिनाको मध्यतिर बेइजिङ भ्रमणका क्रममा ट्रम्प र सीबीच कोरियाली प्रायद्वीपको विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...