मुख्य समाचार
सोनम वाङ्चुकले कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको दिल्ली विमानस्थलमै पक्राउ पर्न सक्ने आशंका व्यक्त
सोनम वाङ्चुकले कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको दिल्ली विमानस्थलमै पक्राउ पर्न सक्ने आशंका व्यक्त

। लद्दाखका वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको दिल्ली विमानस्थलमै पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै वाङ्चुकले समर्थकहरूलाई शान्त र संयमित रहन आग्रह गरेका हुन्। उनले ‘राम्रोको आशा गरौँ, तर खराब परिस्थितिका लागि पनि तयार रहौं’ भन्दै आन्दोलनलाई भारतको इतिहासकै सबैभन्दा शान्तिपूर्ण आन्दोलन बनाउन आह्वान गरेका छन्।

वाङ्चुकले आन्दोलनमा कुनै पनि अवाञ्छित वा उच्छृङ्खल तत्वले गडबडी गर्न नपाओस् भन्नेमा सतर्क रहन पनि आग्रह गरेका छन् । उनले दिल्लीमा भेटौंला’ भन्दै आन्दोलनकारीहरूलाई सन्देश दिएका छन्।

यसैबीच, सीजेपीका संस्थापक अभिजीत दीपकेले आफू दिल्लीमा अवतरण गरिसकेको जानकारी दिएका छन् । उनले पनि समर्थकहरूलाई शान्तिपूर्ण ढङ्गले आन्दोलनमा सहभागी हुन अपिल गरेका छन्।

उता, सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...