मुख्य समाचार
सह-आयोजक मेक्सिकोको पहिलो खेलअघि शाकिरा र बर्ना ब्वायले विशेष प्रस्तुती
सह-आयोजक मेक्सिकोको पहिलो खेलअघि शाकिरा र बर्ना ब्वायले विशेष प्रस्तुती

। सन् २०२६ को फिफा विश्वकपको उद्घाटन समारोहमा विश्वप्रसिद्ध संगीतकर्मीहरूको प्रस्तुति रहने भएको छ । सह-आयोजक मेक्सिकोको पहिलो खेलअघि शाकिरा र बर्ना ब्वायले विशेष प्रस्तुती दिनेछन् ।

मेक्सिको सिटीमा हुने उद्घाटन समारोहमा उनीहरूले प्रतियोगिताको आधिकारिक गीत ‘डाइ डाइ’ प्रस्तुत गर्नेछन् । उक्त समारोह विश्वकपको उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलअघि आयोजना हुनेछ ।

फिफाले तीनै आयोजक राष्ट्रमा छुट्टाछुट्टै उद्घाटन समारोह गर्ने योजना बनाएको छ । मेक्सिकोको कार्यक्रममा शाकिरा र बर्नासँगै अलेजान्द्रो फर्नान्डेज, बेलिन्दा, डानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुल्स, माना र टायला पनि सहभागी हुनेछन् ।

क्यानडाको उद्घाटन समारोह जुन १२ मा टोरोन्टोमा हुनेछ, जहाँ अलान्सिस मोरिसेट र माइकल बबल मुख्य आकर्षण रहनेछन् । समारोहपछि आयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिना विरुद्ध खेल्नेछ ।
त्यसै दिन अमेरिकाको लस एन्जलसमा हुने समारोहमा केटी पेरी, लिसा, रेमा, अनिता र फ्युचरले प्रस्तुति दिनेछन् । त्यसपछि आयोजक अमेरिकाले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

यी तीनवटै उद्घाटन समारोह इटालीका प्रसिद्ध निर्माता मार्को बालिचको निर्देशनमा तयार पारिएका हुन् । प्रत्येक समारोह खेल सुरु हुनुभन्दा करिब ९० मिनेटअघि आयोजना गरिनेछ ।

यसैबीच, विश्वकप फाइनलको हाफटाइम शोमा पनि शाकिरासँगै माडोना र बीटीएसले प्रस्तुति दिने तय भएको छ ।

विश्वकपको आधिकारिक गीत ‘डाइ डाइ’ मार्फत फिफाले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित १० करोड अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम