मुख्य समाचार
मन्त्रालयले मुलुकमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न सर्वसाधारण तथा विज्ञबाट सुझाव मागे
मन्त्रालयले मुलुकमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न सर्वसाधारण तथा विज्ञबाट सुझाव मागे

। कृषि, वन तथा वातावरण मन्त्रालयले मुलुकमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न सर्वसाधारण तथा विज्ञबाट सुझाव मागेको छ ।

मन्त्रालयले आगामी १५ दिनभित्र आफ्ना सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो ।

मन्त्रालयको ४ जेठको निर्णय अनुसार गठित ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ ले यससम्बन्धी काम अघि बढाएको छ ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिका साथै संरक्षणकर्मी, अर्थविद्, कृषि विज्ञ र पशु चिकित्सक सदस्य छन् ।

कार्यदललाई विगतमा तयार पारिएका प्रतिवेदन, अध्ययन, नीतिगत व्यवस्था र हालसम्मका राहत तथा क्षतिपूर्ति प्रणाली समीक्षा गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।

विशेषगरी बाँदर, बँदेल, नीलगाई र दुम्सीबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका उपायमा केन्द्रित रही सुझाव संकलन गर्न लागिएको कार्यदलले जनाएको छ ।

कार्यदलको १८ जेठमा बसेको बैठकले संघीय, प्रादेशिक र स्थानीय सरकारका निकाय, गैरसरकारी संस्था, विज्ञ र आम सर्वसाधारणबाट व्यापक सुझाव लिने निर्णय गरेको थियो ।

यस विषयमा अध्ययन, अनुसन्धान र व्यवस्थापनमा अनुभव भएका विज्ञलाई कार्यदलमा आमन्त्रित सदस्यका रूपमा योगदान गर्नसमेत आह्वान गरिएको छ ।

इच्छुक व्यक्ति वा संस्थाले आफ्ना सुझाव सिंहदरबारस्थित कृषि मन्त्रालयमा रहेको ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलको सचिवालय’ मा सिधै पठाउन सक्नेछन् ।

साथै, आधुनिक प्रविधि प्रयोग गर्दै मन्त्रालयले इमेल, मोबाइल नम्बर वा ह्वाट्सएप मार्फत पनि सुझाव पठाउन सकिने व्यवस्था मिलाएको छ ।

प्राप्त सुझाव समेटेर कार्यदलले सरकारलाई एक विस्तृत प्रतिवेदन बुझाउने छ । जसले आगामी दिनमा वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट केन्द्रीय क्याम्पसको स्ववियू सभापतिलाई पदेन सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयको सभामा केन्द्रिय क्याम्पसका सभापति पदेन रुपमा सभाको सदस्यको रुपमा उपस्थित हुने व्यवस्था थियो । सरकारले जारी गरेको अध्यादेशमा स्ववियू सभापति पदेन सदस्य हुने व्यवस्था हटाइएको थियो । उक्त व्यवस्थाविरुद्ध स्ववियू ...
। झापाको दमकमा युवतीको हत्या गरेर बोरामा हाली खोलामा फालेको घटनाका अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार राति अभियुक्त पक्राउ परेको पुष्टि गरेको छ । झापको दमक नगरपालिका–१० स्थित रतुवामाई खोलाको पुलमुनि जेठ १६ गते सेतो बोरामा पोको पारी राखिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । सो शव दमक–८ बसन्त टोल ...
। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा ती १० जना पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ का ३० वर्षीय आयुष श्रेष्ठ, बाराको सिम्रौनगढ नगरपालिका–८ का २३ वर्षीय निराजन कुमार, काठमाडौं महानगरपालिका–१९ का ३७ वर्षीय ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासीको बस्ती हटाएका सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुकुमवासीलाई विस्थापित गरिरहँदा आफूले बिजुली दिएको बताएका हुन् । ‘सुकुमवासी समस्या उहाँहरूले जुन किसिमले सम्बोधन गर्न खोज्नुभयो त्यो मानवीय र कानूनी दृष्टिकोणले त्यो ठीक होइन भनेर हामीले विरोध ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्को महशुल घटाउनुपर्ने समयमा उल्टो भ्याट थपेर महँगी बढाउन लागेको आरोप लगाएका छन् । शुक्रबार पार्टीको युवा तथा विद्यार्थी विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै घिसिङले यस्तो आरोप लगाएका हुन् । आफू विगतमा नेपाल विद्युत् प्राधिकरणमा रहँदा प्राधिकरण घाटामै रहेका बेला पनि विद्युत्को महशुल घटाएको पनि अध्यक्ष घिसिङले स्मरण ...