मुख्य समाचार
सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति गर्ने प्रक्रिया अघि बढाएपछि झण्डै ३ हजार जनाले आवेदन
सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति गर्ने प्रक्रिया अघि बढाएपछि झण्डै ३ हजार जनाले आवेदन

। सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति गर्ने प्रक्रिया अघि बढाएपछि झण्डै ३ हजार जनाले आवेदन दिएका छन् ।

परराष्ट्र मन्त्रालयले जेठ १४ गतेदेखि २२ गतेसम्म आवेदन आह्वान गरेको थियो । उक्त अवधिमा अनलाइन, इमेल तथा भौतिक उपस्थितिमार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

हाल ३४ देशमा नेपाली राजदूतावास रहेका छन् । ती मध्ये १७ देशमा राजनीतिक नियुक्तिमार्फत र १७ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारी पठाउने गरिएको छ ।

जसमध्ये १७ देशमा राजदूत पद खाली छ । सरकारले हाल १३ देशको नाम नै तोकेर र अन्य देशमा समेत इच्छुक भएको खण्डमा ती देशको नाम उल्लेख गरेर समेत आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न १० देशका राजदूतहरू फिर्ता बोलाएको थियो । पछि बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको थियो ।

राजदूत पद खाली भएपछि सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार प्राप्त आवेदनमध्ये कतिपय दोहोरिएका छन् भने केही व्यक्तिका नाम अन्य व्यक्तिले समेत सिफारिस गरेका कारण आवेदन संख्या बढी देखिएको हो । सबै आवेदनको रुजु तथा प्रमाणीकरणपछि वास्तविक संख्या सार्वजनिक गरिनेछ ।

आवेदनहरूको यकिन विवरण तयार भएपछि मन्त्रालयले आवश्यक स्क्रिनिङ प्रक्रिया पूरा गरी योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्‌मा पठाउनेछ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारको संसदीय सुनुवाइ सम्पन्न भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुनेछ । नियुक्तिपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।

मन्त्रालयले ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधनसहित) अनुसार आवेदन आह्वान गरेको हो । निर्देशिकाअनुसार राजदूत बन्न कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ ।

यसका साथै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर वा ग्रिनकार्ड) नलिएको, परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको तथा अंग्रेजी भाषामा राम्रो दख्खल भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरे

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको दखिएको उनको भनाइ छ । पुनले पपुलिजमको विशेषता सबैलाई कर्णप्रिय लाग्ने खालका कार्यक्रम प्रश्तुत गरेको र ती कार्यान्वयनमा कत्तिको सम्भव हुन्छन् ...
। रास्वपाका सांसदहरू सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ सांसदहरू सागर ढकाल, सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको सांसद ढकालले जानकारी दिएका छन् । उनले आफू, वैदिक र आरपी महतो तीनै जना ठीक रहेको र गाडीमा सामान्य क्षति भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बाग्लुङबाट ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार) भारत गएका थिए । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताका् क्रममा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी संलग्नतालाई गहिरो बनाउने र जनता–जनता सम्बन्ध विस्तार गर्ने लगायतका विषयमा छलफल भएको चौथाइवालेले सामाजिक ...
। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाईसमेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको ...
। गृहमन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले शुक्रबारको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी(सहसचिव)को सरुवा र पदस्थापन गरेको छ । गृहमन्त्रालयले जारी गरेको सरुवा तथा पदस्थापन सूचीअनुसार प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशनका पदस्थापन गरिएको छ । यस्तै यसअघि जिल्ला प्रशासन ...