मुख्य समाचार
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताए
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताए

। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब पुराना गलत राजनीतिक शैली दोहोर्‍याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन् ।

‘देशमा नयाँ राजनीतिक संस्कारको सुरुवात भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्‍यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,’ मन्त्री तिमिल्सिनाले भने, ‘राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ ।’

उनले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

‘पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न हुँदैन,’ उनले भने । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उद्योगपति बिनोद चौधरीले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति रहेको र त्यसलाई अन्त्य गर्नु सकारात्मक रहेको बताए । उनका अनुसार अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण ...
। सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताएका छन् । सरकार प्रमुखले दिएको अभिव्यक्ति विवादित भएपछि सरकारकै निकायबारे आधिकारिक जवाफ आएको भन्दै उनले आफ्नो छुट्टै धारणा भने दिएनन् । यस्ता विषयहरू पार्टीको विशेष नहुने पनि उनको भनाइ थियो । ‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका ...
। पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको दखिएको उनको भनाइ छ । पुनले पपुलिजमको विशेषता सबैलाई कर्णप्रिय लाग्ने खालका कार्यक्रम प्रश्तुत गरेको र ती कार्यान्वयनमा कत्तिको सम्भव हुन्छन् ...
। रास्वपाका सांसदहरू सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ सांसदहरू सागर ढकाल, सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको सांसद ढकालले जानकारी दिएका छन् । उनले आफू, वैदिक र आरपी महतो तीनै जना ठीक रहेको र गाडीमा सामान्य क्षति भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बाग्लुङबाट ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार) भारत गएका थिए । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताका् क्रममा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी संलग्नतालाई गहिरो बनाउने र जनता–जनता सम्बन्ध विस्तार गर्ने लगायतका विषयमा छलफल भएको चौथाइवालेले सामाजिक ...