मुख्य समाचार
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीसँग विवाद गरेका प्रदेश सचिवको सरुवा
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीसँग विवाद गरेका प्रदेश सचिवको सरुवा

। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीसँग विवाद गरेका प्रदेश सचिवको सरुवा भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आस्मान तामाङलाई प्रदेश लोक सेवा आयोग सरुवा गरेको हो ।

मन्त्रीपरिषद् बैठकले तामाङको ठाउँमा सहसचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री पराजुली र सचिव तामाङबीच पहिलेदेखि नै तिक्तता थियो । सोमबार भने उनीहरूबीच कार्यकक्षमा नै भनाभन नै भएको थियो ।

सोमबार दिउँसो मन्त्री पराजुलीले ‘सरकार र मन्त्रीभन्दा कर्मचारी बलिया छन्’ भनेका थिए । त्यसपछि सचिव तामाङले सरकार ‘भरे हो कि भोलि हो, कहिले हो भन्ने बेला अरु के हुन्छ ?’ भन्दै जवाफ दिएका थिए । त्यसपछि उनी मन्त्री पराजुलीको कार्यकक्षबाट कड्किँदै बाहिरिएका थिए ।

मन्त्री र सचिवबीच भनाभन हुँदा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का मन्त्रीको कार्यकक्षमै थिए । उनी प्रदेशका पत्रकारको बीमालगायत विषयमा छलफल गर्न पुगेका थिए ।

तामाङ मन्त्रीको कार्यकक्षबाट बाहिरिएपछि मन्त्रीसँग फोनमा पनि भनाभन भएको स्रोतको दाबी छ । त्यसपछि तामाङ उपसचिव अर्जुन निरौलालाई आर्थिक कारोबार बाहेकको कामकारबाही गर्नेगरी निमित्तको जिम्मेवारी दिएर बिदा बसेका थिए ।

शुक्रबार उनको सरुवा भएको हो । नयाँ सचिव सापकोटा शुक्रबार नै मन्त्रालयमा हाजिर भएका छन् । उनलाइ मन्त्री पराजुलीले स्वागत गरेका थिए ।

शुक्रबारको बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८० लाई कोशी प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले बहुवर्षीय आयोजनाहरूको स्रोत सहमति सम्बन्धी मापदण्डलाई स्वीकृतिको प्रक्रियामा लगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोला स्थित दक्षिणकाली सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका छन् ...
। रास्वपा सभापति रवि लामिछानेले कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने बताएका छन् । पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले कूटनीतिक विषयहरू ढोल बजाएजस्तो नहुने बताए । विमानस्थलमा लामिछानेलाई सीमा विवादबारे प्रश्न गरिएको थियो । उनले त्यसलाई कूटनीतिक माध्यमबाट सहज र समाधान गर्नेगरी अघि ...
। रास्वपाका नेता तथा सांसद सागर ढकालले पुरानो पार्टीजस्तो हुने प्रवृत्तिबाट जोगाउने मुख्य शक्ति (जेनजी) भएको टिप्पणी गरेका छन् । पार्टीको गुल्मी अधिवेशनको अवरमा आयोजित कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिवर्तन र सरकार गठनसम्म आइपुग्न जेनजीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ढकालले आफूहरूलाई निरन्तर प्रश्न गर्न र खबरदारी गर्न युवापुस्तालाई आग्रह गर्दै त्यसले सही बाटोमा अघि ...
। ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो । डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी ...
। सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर ...