मुख्य समाचार
उत्तरी धादिङस्थित रुवीभ्याली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य ‘कालो दह, सेतो दह’ जाने पदमार्ग निर्माण
उत्तरी धादिङस्थित रुवीभ्याली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य ‘कालो दह, सेतो दह’ जाने पदमार्ग निर्माण

। उत्तरी धादिङस्थित रुवीभ्याली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य ‘कालो दह, सेतो दह’ जाने पदमार्ग निर्माण गरिएको छ ।

रुवीभ्याली गाउँपालिकाकै आकर्षक पदमार्ग तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित कालो दह र सेतो दह हुँदै नेपाल-चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण कार्य सकिएको स्थानीय पथपदर्शक मार्कुस तामाङले जानकारी दिए ।

रुवीभ्याली गाउँपालिका-१ को १५ लाख रुपैयाँ आर्थिक सहयोग र स्थानीयवासीको सामूहिक श्रमदानबाट पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको तामाङले बताए ।

रुवीभ्याली गाउँपालिका-१ लिङ्जो गाउँका स्थानीयहरूको २१ दिनसम्मको श्रमदान र अथक मिहिनेतपछि बाबिल खर्कदेखि ४ हजार ६५० मिटर उचाइमा रहेको हर्ची पाससम्मको गोरेटो पदमार्ग निर्माण गरिएको हो ।

गाउँलेको एकता, समर्पण र श्रमले निर्माण भएको यो पदमार्ग रुवीभ्यालीको पर्यटन विकासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । स्थानीयवासीले असिना, हिमपात र उच्च हिमाली भेगको कठोर मौसमलाई सामना गर्दै पदमार्ग निर्माण सम्पन्न गरेका हुन्।

निर्माण कार्यका क्रममा ४ हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भूभागमा काम गरिएको वडाध्यक्ष पम्वर तामाङले जानकारी दिए । अक्सिजनको कमी हुने उचाइमा समेत गाउँको भविष्य निर्माणको अपेक्षामा स्थानीयहरू दृढ संकल्पका साथ निर्माण कार्यमा खटिएको वडाध्यक्ष तामाङले बताए ।

वडा कार्यालयले यस वर्षको बजेटबाट पदमार्ग निर्माणमा सहयोग गरेको र आगामी वर्षको बजेटबाट पनि पर्यटक प्रतीक्षालय र पर्यटक लक्षित पूर्वाधारहरू निर्माणका काममा साथ दिने अध्यक्ष तामाङले बताए ।

पदमार्ग निर्माणमा युवाहरूले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोड्ने काम गरेका थिए भने महिलाहरूले नाम्लोमा ढुङ्गा बोकेर सिढी बनाउन सहयोग गरेका थिए ।

सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले रुवीभ्यालीको प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पासमा सहज रूपमा पर्यटक पुर्‍याउने विश्वास गरिएको छ ।

स्थानीयवासीका अनुसार पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, स्थानीय होटल व्यवसाय, गाइड सेवा तथा अन्य पर्यटनसँग सम्बन्धित रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।

स्थानीयका अनुसार यो पदमार्ग केवल एउटा बाटो मात्र नभई गाउँको सपना, विश्वास र एकताको प्रतीक बनेको छ । ‘हामीले बाटो बनाउँदा माटो ढुङ्गा मात्र जोडेका छैनौँ, गाउँको भविष्यको बाटो कोरेका छौँ,’ स्थानीय अगुवा पुर्ने लामा तमाङले भने, ‘यो बाटोबाट पर्यटक भित्र्याउन सकियो भने गाउँको मात्र होइन, पालिकाकै विकासमा टेवा पुग्नेछ ।’

रुवीभ्यालीको अनुपम प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन यो पदमार्ग महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ । यो पदमार्ग सहज भएको सन्देश पुर्‍याउन सकिएमा ५ हजार मिटरसम्मको उचाइमा पदयात्रा गर्ने पर्यटकलाई राजधानीबाट सबैभन्दा नजिकको गन्तव्य बन्ने पदप्रदर्शक मार्कुस तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन् । शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनमा बोल्दै उनले राज्यले लगानीमैत्री वातावरण बनाउन ध्यान दिनुपर्ने बताए । राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन ...
। पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको ...
। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरूले ‘नेपाली माटोको ...
। सरकारले अनुदानको रासायनिक मल वितरणमा हुने अनियमितता र किसानका गुनासो तत्काल सम्बोधन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले एक परिपत्र जारी गर्दै सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको हो । सरकारको किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध ...
। पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट स्रोत सुनिश्चितताको दृष्टिले कमजोर रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले विगतमा पनि उपलब्ध स्रोतभन्दा केही बढी आकारको बजेट ल्याउने परम्परा रहे पनि यसपटक बजेटले त्यसलाई समेत पार गर्दै ठूलो छलाङ मारेको बताए । ‘‘अर्थमन्त्रीले आगामी वर्षका ...