मुख्य समाचार
किसान–मजदुरका समस्या, जनजीविका, सुशासन, पारदर्शिता तथा विकास निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै झापाका १५ वटै पालिकामा ज्ञापनपत्र
किसान–मजदुरका समस्या, जनजीविका, सुशासन, पारदर्शिता तथा विकास निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै झापाका १५ वटै पालिकामा ज्ञापनपत्र

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले किसान–मजदुरका समस्या, जनजीविका, सुशासन, पारदर्शिता तथा विकास निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै झापाका १५ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ।

राप्रपा जिल्ला कार्य समिति झापाको पूर्वघोषित कार्यक्रममा अनुसार शुक्रबार दिउँसो जिल्लाभरका पालिकाहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो। यसै क्रममा राप्रपा भद्रपुर नगर समितिले किसान, मजदुर, विपन्न वर्ग, सुशासन, विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा लागुऔषध नियन्त्रण लगायतका विषय समेटेर भद्रपुर नगरपालिकालाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ।

नगर अध्यक्ष राजकुमार राईको नेतृत्वमा नगरपालिका पुगेका टोलीले भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्। बुझाइएको ज्ञापनपत्रमा स्थानीय जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने समस्याको समाधानका लागि पालिकाले आवश्यक पहल गर्न माग गरिएको छ।



राप्रपाले खेतीको मुख्य समय बित्न लाग्दासमेत किसानले पर्याप्त मल, बिउ तथा किटनाशक औषधि नपाएको उल्लेख गर्दै ती सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ। त्यस्तै भूमिहीन, अव्यवस्थित बसोबासी तथा लामो समयदेखि जग्गाधनी प्रमाणपत्र नपाएका नागरिकलाई आश्वस्त पार्दै वास्तविक सुकुम्वासीको व्यवस्थापन र लालपुर्जा वितरणको वातावरण बनाउन पहल गर्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा स्वास्थ्य बिमा कार्यक्रमलाई सरल, सर्वसुलभ र झन्झटरहित बनाउन, किसानले उत्पादन गरेको खाद्य तथा नगदे बालीको बिक्रीमा न्यूनतम् समर्थन मूल्य सुनिश्चित गर्न तथा आगामी आर्थिक वर्षको बजेटमा कृषक, मजदुर र विपन्न वर्गलाई प्राथमिकतामा राख्न माग गरिएको छ।

यसैगरी, पालिकाबाट वितरण हुने कृषि सामग्रीको वितरण प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन, बजारमा बढ्दो मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न तथा प्रत्येक पसलमा मूल्यसूची अनिवार्य राख्ने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
सरकारले शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा करको भार बढाएको भन्दै त्यसलाई सच्याउन पहल गर्न, ग्यास आपूर्ति सहज बनाउन नगरपालिका स्तरबाट दबाब सिर्जना गर्न तथा भद्रपुरभित्र सञ्चालनमा रहेका विकास आयोजनाहरू गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गराउन आग्रह गरेको छ। भद्रपुर बजारको मुख्य सडकको दयनीय अवस्थाप्रति ध्यानाकर्षण गराउँदै तत्काल निर्माण कार्य अघि बढाउन पनि माग गरिएको छ।

महालेखा परीक्षकको प्रतिवेदनमा प्रत्येक वर्ष पालिकाको बेरुजु रकम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै बेरुजु फछ्र्योट र असुल गर्नुपर्ने रकम तत्काल उठाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको नाममा प्रत्यक्ष वा अप्रत्यक्ष शुल्क असुल भइरहेको गुनासो आएको भन्दै त्यसको नियमन गर्न माग गरिएको छ। घर नक्सा पास, सिफारिस दस्तुरलगायतका सेवामा लाग्ने कर तथा शुल्क जनताको पहुँचअनुसार परिमार्जन गर्नुपर्ने र खुला सीमाका कारण भद्रपुर क्षेत्रमा बढ्दो लागुऔषध कारोबार नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि राप्रपाले गरेको छ।

त्यस्तै नगरभित्रका सडकमा दुर्घटना, चोरी तथा अन्य अपराधजन्य गतिविधि नियन्त्रणका लागि सडकबत्ती र सीसीटीभी जडान गर्न तथा डेंगु, मलेरिया लगायतका रोगको जोखिम न्यूनीकरण गर्न नगरभरि नियमित रूपमा किटनाशक औषधि छर्किन माग गरिएको छ।सुशासन, विकास, सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न तथा जनताका आधारभूत र मौलिक हकको सुनिश्चितताका लागि नगरपालिकासँग सहकार्य गर्न राप्रपा सदैव प्रतिबद्ध रहेको जनाएको छ। ज्ञापनपत्र बुझ्दै उपप्रमुख कार्की र प्रमुख प्रशासकीय अधिकृत मिश्रले नगरपालिकाबाट हुने समस्याको समाधान तत्काल गरिने र प्रदेश तथा संघीय सरकारबाट हुने विषयवस्तुको बारेमा नगरपालिकाले पत्राचार गरिदिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण गर्दाखेरी राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि शुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा बोल्दै सभामुख अर्यालले सो कुरा बताएका हुन् । ‘जनताको जनजीविकासँग जोडिएका विषयहरुमा हामीले निर्माण गर्ने कानुनमा कतिको चासो दिइरहेका छौं, ती कानुन जनताको मागसँग सम्बन्धित छन् कि ...
: सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा मनोनीत गरिएका पाँच सञ्चालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वैशाख ३१ गते निगमको सञ्चालक समितिमा पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो। सञ्चालक समिति सदस्य चयन प्रक्रिया पारदर्शी नभएको ठहर गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको ...
: मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडक खण्डमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शनिबार दिउँसो हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र बिपरित दिशातर्फबाट आउँदै गरेको बिएए ९७६८ नम्बरको बोलेरो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १४ जना घाइते भएका ...
: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन्। झन्डै दुईतिहाइ नजिकको वर्तमान सरकार गठन भएपछि पहिलोपटक छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा गएका लामिछानेले आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्न मद्दत पुग्ने दाबी गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा गएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय ...
: जिल्ला अधिवेशनमा कति प्रतिनिधि सहभागी हुने हो ? टुंगो नलाग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन भईरहेको छ । जसका लागि धनगढीमाई नगरपालिकाको जिरोमाईलमा तयारी तीव्र पारेका छन् । १७ वटा पालिकामध्ये ३ वटामा पालिका अधिवेशन विवादका कारण सम्पन्न हुन सकेको छैन । १६४ वटा वडामध्ये १८ वटा वडामा अधिवेशन भएको छैन । जिल्ला ...