मुख्य समाचार
रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटेर युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नुको अहिले कुनै अर्थ नभएको बताए
रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटेर युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नुको अहिले कुनै अर्थ नभएको बताए

: रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटेर युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नुको अहिले कुनै अर्थ नभएको बताएका छन् । जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव राखेपछि पुटिनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

जेलेन्स्कीले बिहीबार खुला पत्र लेख्दै युद्ध रोक्न प्रत्यक्ष वार्ताको आह्वान गरेका थिए । उनले युद्धलाई अमेरिका फेरि प्राथमिकतामा ल्याउने समय कुर्नु ‘गलत’ हुने बताएका थिए । उनले तत्काल युद्धविरामको पनि माग गरेका थिए, तर उनको भाषामा आक्रामक र व्यंग्यात्मक शैली देखिएको थियो ।
यसको जवाफमा पुटिनले पत्रलाई ‘असभ्य’ भनेका छन् र पहिले शान्ति वार्ता हुनुपर्ने अडान दोहोर्‍याएका छन् ।


उनले भने, ‘अहिलेको अवस्थामा मलाई कुनै अर्थ देखिँदैन ।’ उनका अनुसार जेलेन्स्कीको पत्रले भेटवार्ताका लागि वातावरण बनाउने होइन, बरु त्यस्तो भेट हुन नदिने उद्देश्य राखेको देखिन्छ । जेलेन्स्कीले भने पुटिनको जवाफपछि रुसले फेरि पनि युद्ध रोजेको आरोप लगाएका छन् ।

उनले टेलिग्राममा लेख्दै भनेका छन्–धेरै देशहरू यो जवाफबाट निराश भएका छन् । पुटिनले युद्धविरामले युक्रेनलाई पुनः तयारी गर्ने मौका मात्र दिने बताएका छन् । उनले दीर्घकालीन सम्झौता आवश्यक रहेको उल्लेख गर्दै भने, ‘विशेषज्ञहरूले समाधान निकाल्नु पर्छ, त्यसपछि मात्र भेट हुन सक्छ ।’
रुसले लामो समयदेखि युक्रेनलाई डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरिजिया क्षेत्र छोड्नु पर्ने र नाटोमा प्रवेशको प्रयास त्याग्नुपर्ने माग गर्दै आएको छ ।

तर युक्रेनले कुनै पनि भूभाग नछोड्ने अडान लिएको छ । जेलेन्स्कीले आफ्नो पत्रमा पुटिनको उमेर र शासनकालबारे टिप्पणी गर्दै व्यक्तिगत आलोचना पनि गरेका थिए, जसलाई पुटिनले ‘असभ्य टिप्पणी’ भनेका छन् । यसैबीच अमेरिका र अन्य केही देशहरूले सम्भावित वार्तालाई सकारात्मक संकेतका रूपमा हेरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीच भेट हुनु राम्रो हुने बताएका छन् । युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनमा भएका रूसी आक्रमणहरूमा कम्तीमा १३ जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको रिपोर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो। टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको ...
। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ। युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा ...