मुख्य समाचार
लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ
लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ

। गुल्मीमा लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित रिडी–रुद्रवेणी कालिगण्डकी करिडोर सडकखण्डमा गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

लु १ ज १९९३ नम्बरको जिपका चालक सत्यवती गाउँपालिका–६ निवासी ३३ वर्षीय कृष्णप्रसाद राना र लु २ ख ६२२३ नम्बरको फोर्स गाडीका चालक गुल्मीदरबार गाउँपालिका–१ निवासी ४० वर्षीय रामबहादुर परियारको ‘मल्टी ड्रग स्क्रिन’ परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा उनीहरूले लागुऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

दुवैलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) बीरेन्द्र वीर विश्वकर्माले बताए ।

उनीहरूमाथि थप अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन् । आइतबार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन् । मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही ...
। सिरहामा एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ । संयुक्त विद्यार्थी संगठनको ...
। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए । पूर्वगृहमन्त्री गुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी ...
। सप्तरीको खडक नगरपालिकाले गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य अलपत्र पारेको भन्दै ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको छ । नगरपालिकाका अनुसार वडा नं. ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण कार्यका लागि रविना ओम गणेशाय जेभी, डाक्नेश्वरी–९, सप्तरीसँग ठेक्का सम्झौता भएको थियो ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थलीमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । आन्दोलनरत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत ...