मुख्य समाचार
‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा
‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा

। सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।

सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ ।

पहिलो पटक रक गार्डेन पुग्ने आगन्तुकहरू त्यहाँका चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्य चकित हुने गरेका छन् । कतिपय ठाउँमा मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारी झै देखिने हुँदा धेरैले प्रकृतिको अनुपम सिर्जना भनेर चर्चा गर्ने गर्छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र ढुङ्गाको जङ्गल जस्तै देखिन्छ, जसले आगन्तुकलाई एकैपटक रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ ।

पछिल्लो समय यो गार्डेन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू यहाँ घुम्न आउने क्रम बढ्दो छ । स्थानीयका अनुसार यहाँको स्वच्छ वातावरण, चिसो मौसम र प्राकृतिक दृश्यावलोकनले सहरको भीडभाडबाट केही समय टाढा पुगेर मानसिक ताजगी प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।


सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले पछिल्लो समय प्रचारप्रसारसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको बताए । ‘प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यो क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै छ । हामीले यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिएका छौँ’, उनले भने ।

यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले योजनाबद्ध रूपमा विभिन्न कामअघि बढाएको छ । हाल पर्यटकहरूको सहजताका लागि शौचालय, विश्रामस्थल (ट्रस्ट) तथा मन्दिर निर्माण गरिएको छ । यी संरचनाले आगन्तुकको बसाइँलाई थप सहज र आरामदायी बनाएको जानकारी दिँदै वडाध्यक्ष आचार्यले गार्डेनको प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै दीर्घकालीन पर्यटन विकास रणनीति तयार पारिरहेको बताए ।

नगर क्षेत्रमै पहिचान र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएकाले यसको विकास र उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीय युवा नारायण आचार्यको भनाइ छ । ‘हाल जिल्लाभित्रबाट बढी पर्यटक आउने गरेका छन्, तर बाहिरी जिल्लासम्म यसको पहिचान पुर्‍याउन सकियो भने यसको महत्त्व अझ बढ्नेछ । त्यसका लागि स्थानीय तहले थप योजना अगाडि बढाउन आवश्यक छ’, उनले भने ।

रक गार्डेनको अर्को विशेषता भनेको यहाँबाट देखिने विशाल भू–दृश्य हो । यस स्थानबाट सन्धिखर्क नगरपालिका मात्र होइन, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकालगायत पाल्पा र प्युठान जिल्लाका केही भूभागहरू अवलोकन गर्न सकिन्छ ।

लुम्बिनी र सुपा देउराली मन्दिरमा आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकियो भने जिल्लाको पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुन सन्धिखर्कका स्थानीय व्यवसायी डिलाराम भुसालले बताए । ‘यसले होटल, यातायात, व्यापारलगायत स्थानीय व्यवसायमा प्रत्यक्ष लाभ पुर्‍याउनेछ ।’

रक गार्डेनलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । ‘पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने र आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो’, उनले भने ।

लुम्बिनी र सुपा देउरालीमा आएका पर्यटकलाई खाँचीकोट भगवती मनिदर तथा राज्य, सन्धिखर्कको सिद्धेश्वर मन्दिर, अर्घा भगवती हुँदै यस स्थानमा लैजाने गरी योजना बनाउन सकेमा यस स्थानमा पर्यटकहरू थप बढ्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

‘प्रकृतिले आफैँ निर्माण गरेको डिभर्नाको यो अद्भूत ढुङ्गाको संसार साँच्चिकै नेपालकै नमूना पर्यटकीय सम्पदा बन्ने सम्भावना बोकेको छ । यसको व्यापक प्रचारप्रसार, संरक्षण र पूर्वाधार विकासमा सरोकारवाला सबै पक्षको ध्यान पुग्न सके रक गार्डेन अर्घाखाँचीको पर्यटन नक्सामा चम्किलो गन्तव्यका रूपमा स्थापित हुने सम्भावना छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले भने ।

रक गार्डेन केवल एउटा प्राकृतिकस्थल मात्र नभई अर्घाखाँचीको समृद्ध भविष्यको आधार बन्न सक्ने अमूल्य सम्भावनाको क्षेत्र भएकाले नगरले यसका विकासमा ध्यान दिइरहेको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विशाल सम्भावनाले भरिएको यो क्षेत्रले जिल्लाकै पहिचान स्थापित गर्ने सम्भावना रहेकाले विकासका लागि सबैले ध्यान दिन आवश्यक रहेको खनालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताए ...
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम