। ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ ।
लेखक तथा पत्रकार ददि सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
आइतबार काठमाडौंमा पुुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताए ।
उनले केही फ्रान्सेलीहरूले काठमाडौंदेखि हिँडेर धनकुटासम्म पुगेको पाइएको पनि बताए ।
पुस्तकमा नेपाल र फ्रान्सबीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ ।
अन्तर्वार्तामा आधारित: विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका २९ जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा उतारिएको हो ।
उक्त पुस्तक फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित गरिएको हो ।