मुख्य समाचार
विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने
विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् ।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे ।

‘रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग पंगा खेल्न होइन’, महामन्त्री बुर्लाकोटीले भने, ‘सबै मिलेर काम गर्‍यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ ।’

उनले गोरखकाली रवर उद्योगलाई पुन: सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक–पटक छलफल गरेको बताए ।

‘गोरखकाली रवर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रवल छ’, महामन्त्री बुर्लाकोटीले भने, ‘सरकारले चलाए पनि, सरकार र निजी क्षेत्र मिलेर चलाए पनि, उद्योग चल्नुपर्छ, सबै गाडीमा गोरखकाली रवर उद्योगको टायर हालेर गाडी गुडेको देख्न पाउनुपर्छ ।’

त्यस्तै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न आगामी आर्थिक वर्षका लागि केही बजेट विनियोजन भएको र आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण गठन गरेर ठोस निर्णय गरी निर्माण अघि बढाउने महामन्त्री बुर्लाकोटीले बताए ।

राजनीति ठिक भएमात्र सबै क्षेत्र राम्रो हुने भन्दै त्यसका लागि सुधार गर्ने प्रयास सरकारले गरिरहेको उनको भनाइ छ ।

महामन्त्री बुर्लाकोटीले बाहिरबाट आउने ‘रेमिट्यान्स’ ले मात्र देशले आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले देशभित्र उद्योग धन्दा खोल्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट विकास, निर्माण र आर्थिक समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अघि बढ्न आवश्यक रहेको बताएका हुन् । उनले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको ...
। वैदेशिक रोजगारी ठगी सम्बन्धी पुराना मुद्दाहरू डिजिटल अभिलेखमा राख्ने क्रम अघि बढेको छ । वैदेशिक रोजगार विभागले २०६४ सालदेखि ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने कार्य अघि बढाएको हो । २०६४ सालदेखि वैदेशिक रोजगार ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विभागमा थन्किएका थिए । वर्षौंसम्मका फाइलका चाङभित्र सीमित ती मुद्दाहरूलाई अब ...
। अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ...
। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन् । आइतबार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन् । मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही ...
। सिरहामा एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ । संयुक्त विद्यार्थी संगठनको ...