मुख्य समाचार
प्रधानमन्त्रीबाटै नेपालले भारतको सीमा मिचेको भन्नु भनेको आफ्नो अरु भूमि भारतलाई सुम्पिनु जस्तै रहेको टिप्पणी
प्रधानमन्त्रीबाटै नेपालले भारतको सीमा मिचेको भन्नु भनेको आफ्नो अरु भूमि भारतलाई सुम्पिनु जस्तै रहेको टिप्पणी

। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्रीबाटै नेपालले भारतको सीमा मिचेको भन्नु भनेको आफ्नो अरु भूमि भारतलाई सुम्पिनु जस्तै रहेको टिप्पणी गरेका छन् ।

शनिबार पाँचथरको जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘त्यो पदमा बसेका मान्छेले त्यस्तो भन्नु हुँदैन । श्रम संस्कृति यो देशको अखण्डता र सीमा रक्षाको पक्षमा सतिसाल भएर उभिएको छ,’ साम्पाङले भने । उनले प्रधानमन्त्री बालेनको चर्को आलोचना गरे ।

उनले भने, ‘जो व्यक्ति बनाउन जान्दैन, खाली भत्काइदिन्छ, गरिबको घरमा डोजर हान्देको छ, जलाइदिएको छ । त्यस्तो मान्छे चाहिँ राम्रो भन्ने हुँदैन ।’

उनले रास्वपाले राई–लिम्बुलाई समानुपातिकमा सांसद नबनाउनुको कारण सोध्न पनि आग्रह गरे । ‘घण्टी हल्लाउँदै आउने पार्टीले राई–लिम्बुलाई समानुपातिक सांसद नबनाउनुको कारण हामीले सोध्ने कि नसोध्ने ?,’ साम्पाङले प्रश्न गरे । आफूले भने सबैलाई समेटेको उनले दाबी गरे ।

उनले पुराना दलले पनि ३०/३५ वर्ष गफ मात्रै गरेका कारण देश नबनेको टिप्पणी गरे । देशले श्रम भुलेका कारण यस्तो अवस्था आएको उनले बताए ।

अब देश बनाउने जिम्मा श्रम संस्कृतिलाई लगाउन उनले आह्वान गरे । ‘यो पार्टीमा नेता हुँदैन, कार्यकर्ता हुँदैन । सबै श्रमदाता हो । म यही टीसर्ट लगाएर हिँडिरहेको छु,’ साम्पाङले भने ।

कुनै दिन त्यही टीसर्ट लगाएर संसद जाने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले नेपाल पर्यटन बोर्डमा रिक्त ५ कार्यकारी समिति सदस्य पदका लागि खुला दरखास्त आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै इच्छुकलाई ५ दिन भित्र बायोडाटा पठाउन भनेको छ । मन्त्रालयले यसअघि नियुक्तिका लागि रोष्टर भर्न भनेको थियो । सो रोष्टरमा सूचीकृत भइसकेकाको हकमा भने पुनः बायोडाटा पठाउनु नपर्ने ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अघि बढ्न आवश्यक रहेको बताएका हुन् । उनले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको ...
। वैदेशिक रोजगारी ठगी सम्बन्धी पुराना मुद्दाहरू डिजिटल अभिलेखमा राख्ने क्रम अघि बढेको छ । वैदेशिक रोजगार विभागले २०६४ सालदेखि ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने कार्य अघि बढाएको हो । २०६४ सालदेखि वैदेशिक रोजगार ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विभागमा थन्किएका थिए । वर्षौंसम्मका फाइलका चाङभित्र सीमित ती मुद्दाहरूलाई अब ...
। अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ...
। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन् । आइतबार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन् । मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही ...