मुख्य समाचार
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य अघि बढाएपछि सत्तारुढ नेकपा एमालेमा पनि बहस सुरु
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य अघि बढाएपछि सत्तारुढ नेकपा एमालेमा पनि बहस सुरु

। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य अघि बढाएपछि सत्तारुढ नेकपा एमालेमा पनि बहस सुरु भएको छ । कांग्रेस संंसदीय दलमा देखिएको विवाद समाधान गर्दै मुख्यमन्त्री कमलबहादुर शाह र उनलाई हटाउन सक्रिय दिवानसिंह विष्ट पक्षबीच मन्त्रालय भागबण्डा भइसकेको छ ।

अहिले दुवै पक्ष मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा व्यस्त छन् । कांग्रेसले मन्त्री हेरफेर गर्ने तयारी गरेपछि एमालेका नेताहरूले आफ्ना मन्त्री पनि परिवर्तन गर्नुपर्ने माग उठाइरहेका छन् ।

एमालेका एक नेताका अनुसार, कांग्रेससँगै सरकार पुर्नगठन गरि सरकारमा नयाँ व्यक्तिलाई पठाउनुपर्ने मागसहितको सन्देश नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुुगाएका छन् ।

सुदूरपश्चिममा अहिले एमालेका तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन् । ‘कांग्रेसले मन्त्री फेरिरहेको छ । कांग्रेससँगै हाम्रा मन्त्रीहरू पनि हेरफेर गर्नुपर्छ भन्ने हो,’ एक सांसदले भने, ‘यो विषयमा अध्यक्ष लगायतसम्म पुुगिसकेको छ । नेताहरू केन्द्रमा पनि भइरहेको छ ।’

एमालेमा यसअघि पनि संसदीय दलको नेताबाट राजेन्द्र सिंह रावललाई हटाउनुुपर्ने माग उठेको थियो । तर पछि अध्यक्ष ओलीले सांसदहरूलाई काठमाडौँ बोलाएर विवाद हल गरेका थिए । ओलीले अहिले मन्त्री हेरफेरको तल्लो तहका नेताको प्रस्तावबारे आन्तरिक परामर्श गरिरहेको स्रोत बताउँछ ।

एमालेबाट अहिले सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका हिरा सार्की छन् । निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा छन् ।

उनीहरू २०८१ साउनमा मन्त्रीमा नियुक्त भएका थिए । करीब दुई वर्षे कार्यकाल सरकारमा रहेका उनीहरूलाई फेर्नुुपर्ने आवाज विगतदेखि उठिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अन्तर्गतका ९ जिल्लामा सभापति चयन गरेको छ । जसमा कतै पनि महिलाले नेतृत्व प्राप्त गर्न सकेनन् । जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको हो । जस अन्तर्गत रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सुनसरीमा सागर ...
। सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए। त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्‍याएकामा बालकको आज बिहान ...
। सातै प्रदेश सभामा सङ्‍घ–प्रदेश समन्वय शाखा स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले यस्तो नीति तय गरेको हो । सम्मेलन पछ्चात सन्देशपत्र जारी गरिएको छ । जसको बुँदा नम्बर २ मा तहगत संसद् र सभाहरूबी प्रभावकारी सहकार्य र अन्तर–आवद्धताको विषय छ । यस अन्तर्गत अगाडि भनिएको छ, ‘सङ्‍घीय संसद्सँग समन्वय ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले उक्त कुरा बताएकी हुन्। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको ...
। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् । आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् । ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति ...