मुख्य समाचार
भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा फेरि वृद्धि
भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा फेरि वृद्धि

। भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा फेरि वृद्धि भएको छ । शनिबार रातिदेखि लागु हुने गरी घरेलु एलपीजी प्रतिसिलिन्डर मूल्यमा २९ रुपैयाँ भारु वृद्धि गरिएको छ ।

यो वृद्धिसँगै आइतबारदेखि दिल्लीमा १४.२ किलोको घरेलु ग्यास सिलिन्डरको मूल्य ९४२ भारु पुगेको छ । पछिल्लो तीन महिनामा घरेलु ग्यासको मूल्य बढेको यो दोस्रो पटक हो । यसअघि मार्च ७ मा प्रतिसिलिन्डर ६० रुपैयाँ भारु बढाइएको थियो ।

घरेलु ग्यास मात्र नभई व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने सिलिन्डरको मूल्यमा पनि लगातार वृद्धि भइरहेको छ । जुन १ मा १९ किलोको व्यावसायिक सिलिन्डरको मूल्य ४२ भारुले बढेर ३ हजार १ सय १३ भारु पुगेको छ । बीबीसीका अनुसार यसअघि मे महिनामा मात्रै व्यावसायिक सिलिन्डरमा १ हजार भारु वृद्धि गरिएको थियो ।

त्यसैगरी मे महिनामा पेट्रोल र डिजेलको मूल्य पनि चार पटक बढाइसकिएको छ । मे १५ देखि २५ को बीचमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ७ देखि ७.५ भारुसम्म बढेको छ ।

किन बढिरहेको छ मूल्य ?

भारत सरकारका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उछाल नै यसको मुख्य कारण हो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि पश्चिम एसियामा संघर्ष चर्किएको छ । इरानले तेल र ग्यास आपूर्तिको महत्त्वपूर्ण मार्ग ‘होर्मुज स्ट्रेट’ लगभग पूर्णरूपमा बन्द गरिदिएपछि विश्वभरि ऊर्जा संकट र मूल्यवृद्धि देखिएको हो ।

भारत आफ्नो ऊर्जा आवश्यकताका लागि आयातमा निर्भर रहेकाले यसको प्रत्यक्ष असर परेको पेट्रोलियम मन्त्रालयले जनाएको छ ।

हाल भारतभरि ३३.३७ करोड परिवारसँग एलपीजी कनेक्सन छ । यसमा प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गतका १०.५८ करोड विपन्न परिवार पनि सामेल छन्, जो यो मूल्यवृद्धिबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।

पश्चिम एसियाको तनाव तत्कालै शान्त नभए आगामी दिनमा मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अन्तर्गतका ९ जिल्लामा सभापति चयन गरेको छ । जसमा कतै पनि महिलाले नेतृत्व प्राप्त गर्न सकेनन् । जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको हो । जस अन्तर्गत रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सुनसरीमा सागर ...
। सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए। त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्‍याएकामा बालकको आज बिहान ...
। सातै प्रदेश सभामा सङ्‍घ–प्रदेश समन्वय शाखा स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले यस्तो नीति तय गरेको हो । सम्मेलन पछ्चात सन्देशपत्र जारी गरिएको छ । जसको बुँदा नम्बर २ मा तहगत संसद् र सभाहरूबी प्रभावकारी सहकार्य र अन्तर–आवद्धताको विषय छ । यस अन्तर्गत अगाडि भनिएको छ, ‘सङ्‍घीय संसद्सँग समन्वय ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले उक्त कुरा बताएकी हुन्। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको ...
। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् । आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् । ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति ...