। फिफा विश्वकप २०२६ अघि मैत्रीपूर्ण खेलमा क्रोएसियाले स्लोभेनियालाई २-१ ले पराजित गरेको छ ।
अमेरिका, मेक्सिको र क्यानडामा विश्वकप खेल्न जानुअघि क्रोएसियाले घरेलु मैदानमा जितसहित तयारी पूरा गरेको छ ।
घरेलु मैदान भाराजदिनमा भएको खेलमा मारियो पासालिकले दोस्रो हाफको इन्जुरी टाइममा क्रोएसियाका लागि विजयी गोल गरे ।
यस खेलमा क्रोएसियाका भेट्रान कप्तान लुका मोडरिचले पनि गोल गरे । ४० वर्षीय मोडरिचले राष्ट्रिय टिमका लागि १९८औं खेल समेत खेलेका छन् । राष्ट्रिय टिमको लागि उनको यो २९औं गोल हो ।
मोडरिचले ५१औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । एन्ड्राज स्पोरारले स्लोभेनियाका लागि ८३औं मिनेटमा बराबरी गोल गरेका थिए ।
इन्जुरी टाइमको तेस्रो मिनेटमा पासालिकले गोल गरी क्रोएसियालाई जिताएका हुन् ।
फिफा विश्वकप २०१८ मा समूह एलमा रहेको क्रोएसियाले पहिलो खेल जुन १८ मा इंग्ल्यान्डसँग खेल्नेछ ।