मुख्य समाचार
सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने
सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने

। रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । स्वास्थ्य समस्याका कारण निवासमै आराम गरिरहेकाले प्रचण्ड सर्वदलीय बैठकमा नजाने भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन अनन्त सहभागी हुनेछन् ।

प्रचण्डलाई केही दिनअघि निमोनियाको समस्या देखिएको थियो । उनलाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको थियो । हालै डिस्चार्ज भएका उनी पहिलेको तुलनामा कमजोर देखिएकाले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । त्यसैले प्रचण्डले सर्वदलीय बैठकमा आफू नजाने निर्णय गरेका हुन् ।

उनले नेताहरु माधव नेपाल र वर्षमान पुनलाई सर्वदलीय बैठकमा गएर पार्टीको धारणा राख्न भनेको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए ।

कांग्रेस सभापति थापा पनि नजाने

सर्वदलीय बैठकमा नेपाली कांग्रेसबाट सभापति गगन थापा पनि सहभागी हुने छैनन् । कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्रै सहभागी हुने सो पार्टीका एक पदाधिकारीले जानकारी दिए ।

भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति रवि लामिछानेले आज बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पार्टी अध्यक्ष वा सभापतिसहित दुई–दुई जनालाई आमन्त्रण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर व्यवस्थापिका एघारौं सम्मेलन नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सकिएको छ । मुलुकको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै संघ, प्रदेश र स्थानीय तहका कानून निर्माण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्त अनुरुप प्रभावकारी कार्यान्वयन गर्ने गराउने उद्देश्यका साथ सम्मेलन सकिएको हो । ...
: मोरङ उर्लाबारीबाट दुई युवक खैरो हेरोइन (ब्राउन सुगर)लाई मलद्वारमा लुकाएको अवस्थामा पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरी टोलीले उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो । प्रदेश १–०२–०५० प १९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरु शनिबार साँझ ६ बजेतिर शंकास्पद गतिविधि देखिएपछि रोकेर ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । ‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने । लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति ...
: प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले गृह मन्त्रालयमा पुनः फर्कन सक्ने संकेत गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयमा पुनः फर्र्किएपछि फोटो खिचाउन, खादा माला लगाउन पहिलो दुई महिनासम्म मन्त्रालयमा नधाउन अनुरोध पनि गरेका छन् । सम्पति छानबिन आयोगबाट सफाइ पाउने संकेत गर्दै उनले ...
: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीच रहेको सीमा समस्याको समाधान कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत खोजिने बताएका छन्। तीनदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सीमा विवादलाई तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा समाधान गर्ने नेपालको स्पष्ट अडान रहेको बताए। उनले नेपाल र भारतबीच सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने ...