मुख्य समाचार
दुई युवक खैरो हेरोइन (ब्राउन सुगर)लाई मलद्वारमा लुकाएको अवस्थामा पक्राउ
दुई युवक खैरो हेरोइन (ब्राउन सुगर)लाई मलद्वारमा लुकाएको अवस्थामा पक्राउ

: मोरङ उर्लाबारीबाट दुई युवक खैरो हेरोइन (ब्राउन सुगर)लाई मलद्वारमा लुकाएको अवस्थामा पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरी टोलीले उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

प्रदेश १–०२–०५० प १९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरु शनिबार साँझ ६ बजेतिर शंकास्पद गतिविधि देखिएपछि रोकेर सोधपुछ गरिएको थियो । प्रारम्भिक बयानकै क्रममा दुवै जनाले शरीरभित्र लागुऔषध लुकाएको स्वीकार गरेका थिए । त्यसपछि उनीहरूलाई तत्काल मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार दुवै जनाले पारदर्शी कन्डमभित्र कालो प्लाष्टिकमा प्याक गरेर मलद्वारमा खैरो हेरोइन लुकाएको बताएका थिए । अस्पतालमा चिकित्सकीय निगरानीमा ‘दिसा गराउने औषधि’ सेवन गराइए पनि तत्काल दिसा नभएपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी लगिएको थियो । आइतबार बिहान करिब ३ः३० बजेतिर प्रहरी हिरासतमै रहेका बेला दुवै जनाले दिसा गर्दा शरीरभित्र लुकाइएको शंकास्पद वस्तु बाहिर आएको प्रहरीले जनाएको छ ।



पारदर्शी कन्डमभित्र कालो पोलिथिनमा बेरिएको अवस्थामा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जानकारी डीएसपी मिश्रले दिए । प्रहरीका अनुसार केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिक हटाएपछि १४ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । त्यसैगरी निश्चल गुरुङको शरीरबाट प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल र दुवै जनाको मोबाइलसमेत नियन्त्रणमा लिएको छ । मोबाइलका आधारमा थप अनुसन्धान गरेर लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ र गुरुङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । उर्लाबारी क्षेत्रमा पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रणमा सक्रियता बढाएको छ । यसअघि पनि प्रहरीले उर्लाबारीमै छापा हानेर ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले लागुऔषध ओसारपसारमा तस्करहरूले अत्यन्त जोखिमपूर्ण र गोप्य शैली अपनाउन थालेको बताए । उनका अनुसार शरीरभित्र विशेषगरी मलद्वारमा लागुऔषध लुकाएर ओसारपसार गर्नु स्वास्थ्यका दृष्टिले पनि निकै खतरनाक हो । ‘यसरी शरीरभित्र लागुऔषध लुकाउँदा कुनै कारणले प्याकेट फुटेमा ज्यानै जान सक्ने अवस्था आउन सक्छ,’ एसपी कटवालले भने, ‘समयमै चिकित्सकीय निगरानीमा प्रक्रिया अघि बढाइएकाले दुवै जनाको ज्यान जोगिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर व्यवस्थापिका एघारौं सम्मेलन नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सकिएको छ । मुलुकको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै संघ, प्रदेश र स्थानीय तहका कानून निर्माण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्त अनुरुप प्रभावकारी कार्यान्वयन गर्ने गराउने उद्देश्यका साथ सम्मेलन सकिएको हो । ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । ‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने । लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति ...
: प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले गृह मन्त्रालयमा पुनः फर्कन सक्ने संकेत गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयमा पुनः फर्र्किएपछि फोटो खिचाउन, खादा माला लगाउन पहिलो दुई महिनासम्म मन्त्रालयमा नधाउन अनुरोध पनि गरेका छन् । सम्पति छानबिन आयोगबाट सफाइ पाउने संकेत गर्दै उनले ...
। रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । स्वास्थ्य समस्याका कारण निवासमै आराम गरिरहेकाले प्रचण्ड सर्वदलीय बैठकमा नजाने भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन अनन्त सहभागी हुनेछन् । प्रचण्डलाई केही दिनअघि निमोनियाको समस्या देखिएको थियो । उनलाई अस्पताल ...
: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीच रहेको सीमा समस्याको समाधान कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत खोजिने बताएका छन्। तीनदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सीमा विवादलाई तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा समाधान गर्ने नेपालको स्पष्ट अडान रहेको बताए। उनले नेपाल र भारतबीच सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने ...