मुख्य समाचार
सरकारको नेतृत्वकर्ता दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव
सरकारको नेतृत्वकर्ता दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्वकर्ता दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले सो सुझाव दिएको हो ।

बैठकबाट निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’

प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौं भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर छ ।

यसले धेरै अर्थ राख्ने बताउँदै अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धको विषयमा संवेदनशील हुन रास्वपालाई सुझाव दिए ।

भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । लामिछानेले भारत भ्रमणमा कुराकानी भएका विषय र सरकारका लागि सुझाव संकलन गर्ने उद्देश्यले बैठक बोलाएको जानकारी सहभागीहरुलाई गराएका थिए ।

२१ फागुनको निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित सरकार चलाइरहेको रास्वपाले सर्वदलीय बैठक बोलाएको यो पहिलोपटक हो । बैठक जारी नै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन संसद् बैठकबाटै माग भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ । ‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति ...
। बुद्ध एयरले आफ्ना ‘रोयल क्लब’ सदस्यका लागि ‘गज्जबको डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ । १ असारदेखि लागु हुने यस अफर अन्तर्गत लामो दुरीका गन्तव्य धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट हुने भएको छ । अफर अनुसार धनगढी उडानमा १ हजार २ सय, नेपागञ्ज १ हजार तथा भद्रपुर उडानमा ८ सयसम्म छुट प्रदान गरिने छ ...
। इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयरगिभर) का लागि पासपोर्टको म्याद कम्तीमा १ वर्ष भएकाले आवेदन दिन पाउने भएका छन् । आवेदन दिने प्रयोजनका लागि मात्रै वैदेशिक रोजगार विभागले पासपोर्टको म्याद न्यूनमत एक वर्षको हुनुपर्ने जनाएको हो । तर, पछि छनोटमा परेर इजरायल जानुपर्ने भएमा भने कम्तीमा ३ वर्षको म्याद हुनुपर्ने विभागले जनाएको ...
। आर्थिक विधेयकमा अर्थमन्त्रालयले गरेको करको दर हेरफेरको विषय संसद्मा उठेको छ । यो विषयलाई गम्भीर रुपमा लिँदै नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्याल र रास्वपा सांसद ज्ञान बहादुर शाहीले सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘आर्थिक विधेयकको १६ पृष्ठ गायब भयो । करका दर हेरफेर भएको छ,’ अर्यालले भनिन् । त्यस्तै, रास्वपा सांसद शाहीले पनि ...
। सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् । यही १७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । यही ...