मुख्य समाचार
यमबुद्ध स्केटपार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने
यमबुद्ध स्केटपार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने

। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्कमा हुने भएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा देशभरबाट छनोट भएका करिब ४ सय खेलाडीको सहभागिता रहने जानकारी दिएको छ । प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

संघका अध्यक्ष अच्युत खनालका अनुसार खेलाडीहरू जिल्ला तथा प्रदेशस्तरबाट छनोट भएर आउनेछन् भने केही खेलाडीले व्यक्तिगत रूपमा अनलाइन दर्ता गरेर पनि सहभागिता जनाउनेछन् ।

दुईदिने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन् भने दोस्रो दिन फाइनल प्रतिस्पर्धा आयोजना गरिनेछ । प्रतियोगितामा स्केटबोर्डिङको फ्रिस्टाइल विधाअन्तर्गत ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ मा प्रतिस्पर्धा हुनेछ । साथै ‘स्केटबोर्डर अफ द इयर’ समेत घोषणा गरिने संघले जनाएको छ ।


प्रतियोगितामा सिनियर पुरुष तथा महिला दुवैतर्फ विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै जुनियर पुरुष तथा महिला दुवैतर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

संघका महासचिव सत्य थापाले प्रतियोगिताबाट २०औं एसियाली खेलकुदका लागि खेलाडी छनोट प्रक्रियामा समेत सहयोग पुग्ने बताए । उनका अनुसार एसियन गेम्सका लागि दुई खेलाडी अन्तिम छनोटमा पर्नेछन्। यसअघि गजेन्द्र बर्देवा, शरदकुमार राई, वसन्त राई र खुशी विकको नाम लङ लिस्टमा समावेश भइसकेको छ ।

संघले प्रतियोगिताको कुल बजेट २१ लाख रुपैयाँ रहेको जनाएको छ । विभिन्न प्रायोजकसँग सहकार्य भइरहेको र काठमाडौं बाहिरबाट आउने खेलाडीका लागि खानपिन तथा बसोबासको व्यवस्था समेत गरिएको संघले जानकारी दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्मा २०७० सालमा दर्ता भएयता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले देशका विभिन्न शहरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...