मुख्य समाचार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार

। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको छ ।

फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए ।

तर, राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

स्रोतका अनुसार विदेश जाने बाटो खुला गर्न भन्दै एन्फा पदाधिकारीहरू अध्यागमन विभाग पनि पुगेका थिए । तर, अध्यागमनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट नै सिफारिस लिएर आउन भनेपछि उनीहरू आज राखेप पुगेका हुन् ।

११ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा सहभागी हुन अध्यक्ष नेम्बाङ र महासचिव राई आजै राति मेक्सिको जानेगरी तयारी गरेका थिए । यद्यपि उनीहरूको प्रयासलाई राखेपले भने रोक लगाएको छ ।

आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् । भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए ...
। सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस ...
। डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् । डेनिस फुटबल संघका अनुसार उनी केही समयका लागि अचेत भए पनि अहिले सचेत अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो । चिकित्सकको उपचारपछि उनी ...
। जर्मनीका एलेक्जेन्डर जेभरेभले लामो समयदेखि प्रतिक्षित पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन् । आइतबार भएको फ्रेन्च ओपन पुरुष एकल फाइनलमा उनले इटालीका फ्लाभियो कोबोलीलाई ६-१, ४-६, ६-४, ६-७ (५-७), ६-१ ले पराजित गर्दै करियरकै पहिलो ग्रान्डस्लाम उपाधि जिते । २९ वर्षीय जेभरेभका लागि यो चौथो ग्रान्डस्लाम फाइनल थियो । यसअघि खेलेका तीनवटै फाइनलमा पराजित भएका उनले अन्ततः ...
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले सन् २०२६ को फिफा विश्वकप आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम प्रतियोगिता हुन सक्ने संकेत दिएका छन् । उनले यसलाई ‘द लास्ट डान्स’ भन्दै उल्लेख गरेका हुन्। यो टिप्पणी उनले फिफाको सामाजिक सञ्जाल पोस्टको कमेन्टमा गरेका थिए, जहाँ उनको ब्राजिल टोलीसँगको यात्रा देखाउने तस्बिरहरू राखिएको थियो । सो पोस्टमा ‘वी ह्याभ वाच्ड ...