। बुद्ध एयरले आफ्ना ‘रोयल क्लब’ सदस्यका लागि ‘गज्जबको डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ ।
१ असारदेखि लागु हुने यस अफर अन्तर्गत लामो दुरीका गन्तव्य धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट हुने भएको छ । अफर अनुसार धनगढी उडानमा १ हजार २ सय, नेपागञ्ज १ हजार तथा भद्रपुर उडानमा ८ सयसम्म छुट प्रदान गरिने छ । छुट दुईतर्फी उडानमा लागु हुनेछ । विज्ञप्तिमा यो अफर सिमित अवधिका लागि लागु गरिएको जनाइएको छ ।
अफरको लाभ लिन रोयल क्लब सदस्यले टिकट बुकिङ गर्दा अनिवार्य आफ्नो रोयल क्लब नम्बर इन्ट्री गर्नुपर्ने छ । रोयल क्लब माइलेज आईडी इन्ट्री नगरिएका बुकिङमा यो अफर लागु हुने छैन ।
छुटका लागि रोयल क्लब माइलेज आईडी नम्बर इन्ट्री गर्न यात्रुले आफ्ना ट्राभल पार्टनर/एजेन्सीलाई अनुरोध गर्न कम्पनीले भनेको छ ।
बुद्धको रोयल क्लब सदस्यता वेबसाइट वा मोबाइल एपमार्फत लिन सकिने भएको छ । रोयल क्लबका सदस्यले ५ किलो अतिरिक्त लगेज सुविधा प्राप्त गर्नुका साथै सुपरमार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट शपबाट माइलेज प्वाइन्ट प्रयोग गरी छुट प्राप्त गर्न सक्नेछन् ।
बुद्धले देशका विभिन्न भागमा दैनिक ६ दर्जनभन्दा बढी उडान सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ भारत बनारसमा साताका सोमबार, बुधबार र शुक्रबार तथा कोलकातातर्फ आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गरिरहेको छ ।
रोयल क्लब यात्रु सदस्यलाई नि:शुल्क फिफा वर्ल्डकप सब्सक्रिप्सन
बुद्ध एयरले आफ्ना यात्रुका लागि सजिलै मोबाइलबाटै विश्वकप फुटबलका म्याच हेर्न एचटीभी–दिगो ब्रोडकास्टिङ कन्सोर्टियम जेभीसँग सम्झौता गरेको छ ।
डीजीओ एपबाट फिफा वर्ल्डकपका सम्पूर्ण खेलका आनन्द लिन रोयल क्लबका सदस्यले फ्रि सब्सक्रिप्सन पाउनेछन् । बुद्धले आफ्ना रोयल क्लबका सदस्यलाई आगामी ४ सातासम्म हरेक साता सयौँका दरले सब्सक्रिप्सन प्रदान गर्न लागेको जनाएको छ ।