मुख्य समाचार
ट्रम्पले ल्याएको एच-१ बी भिसाका लागि आवेदन गर्दा १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था खारेज हुने
ट्रम्पले ल्याएको एच-१ बी भिसाका लागि आवेदन गर्दा १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था खारेज हुने

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको एच-१ बी भिसाका लागि आवेदन गर्दा १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था खारेज हुने भएको छ। बोस्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश संघीय न्यायाधीशले एच-१ बी भिसामा कर्मचारी ल्याउन रोजगारदाता कम्पनीलाई लगाएको प्रतिवर्ष एक लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम खारेज गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

न्यायाधीश लियो सोरोकिनले एच–१ बी भिसा कार्यक्रममा नयाँ शुल्क लगाउने अधिकार अमेरिकी कंग्रेससँगमात्र रहने आदेश दिएका हुन्। ४२ पृष्ठ लामो आफ्नो आदेशमा सोरोकिनले लेखेका छन्, ‘संघीय अध्यागमन नीतिमा परिवर्तन गरेर यस्तो आवश्यकता समावेश गर्ने अधिकार केवल कांग्रेससँग मात्र छ। सांसदहरूले कार्यकारी शाखालाई एकतर्फी रूपमा परिवर्तन गर्न अनुमति दिएका थिएनन्। एच–१ बी भिसा निवेदनमा कर लगाउने कुनै अधिकार वा प्रत्यायोजित अधिकार राष्ट्रपतिसँग थिएन ।’

सोरोकिनले २० जना डेमोक्रेटिक पार्टीको सरकार भएका राज्यका महान्यायाधिवक्ताहरूले दायर गरेको मुद्दामा यो फैसला सुनाएका हुन्। गत सेप्टेम्बरमा ट्रम्पले शुल्कको घोषणा गरेका थिए। न्यायाधीश सोरोकिनले संघीय अध्यागमन कानुनले राष्ट्रपतिलाई केही नीतिगत परिवर्तन गर्ने अधिकार दिएको भए पनि कर लगाउने अधिकार भने नदिएको स्पष्ट पारे ।



एच–१ बी भिसाले विशेष दक्षता आवश्यक पर्ने पेशामा विदेशी पेशेवरहरूलाई अमेरिकामा काम गर्ने अनुमति दिने व्यवस्था थियो। एच–१ बी भिसाका लागि आवेदकसँग कम्तीमा स्नातक तहको डिग्री वा सोसरह योग्यता हुनुपर्छ । भिसा तीन वर्षका लागि वैध हुने र थप तीन वर्षका लागि नवीकरण गर्न सकिने व्यवस्था थियो । एच-१बी आवेदकहरूले आफ्नो सामाजिक सञ्जाल खातालाई पब्लिक गर्नुपर्ने व्यवस्था छ । अमेरिकाले अगस्ट महिनादेखि अध्ययन भिसा एफ-१, एम-१ र जे-१ का साथै आगन्तुक भिसा बी-१, बी-२ का लागि पनि सामाजिक सञ्जाल प्रोफाइललाई सार्वजनिक गर्ने अनिवार्य गरिसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १५ सम्ममा ८५ वटा भिसाका लागि मात्रै एक लाख डलर शुल्क तिरेको अमेरिकी सरकारले मार्चमा जानकारी दिएको थियो। अमेरिकी न्याय विभागकी प्रवक्ता नाटाली बाल्दासारेले एच–१ बी कार्यक्रमको दुरुपयोग गरी अमेरिकी कामदारहरूको हितविपरीत काम गर्ने कम्पनीहरूलाई कानुनी जवाफदेहितामा ल्याउने बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले ...
। बंगलादेशमा ३५ वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ । यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक दबाब अभियान अघि बढाउने संकेत गर्दै त्यसमा सहयोग गर्ने कुनै पनि देश, कम्पनी वा संस्थालाई नछाडिने बताएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशमाथि ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा प्रस्तावित ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोक्ने घोषणा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै लेखेका छन्, ‘मैले क्यानाडामाथि लाग्ने ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोकेको छु। यो ट्यारिफ भोलि बिहानदेखि कार्यन्वयन हुनेवाला थियो। कागजातहरूलाई अन्तिम रूप दिएपछि क्यानाडा र अमेरिकाबीच सम्झौता भएकाले यसलाई ...