मुख्य समाचार
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा वीरगंज महानगरपालिका-३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं का.वा. वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल लगायतका विरुद्ध आरोपपत्र दायर गरेको हो ।

अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

मेयर सिंहले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका वडा नम्बर १० की रीता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरी बनाएर नागरिकता दिलाएको बताइएको छ। आरोप पत्रमा भनिएको छ, ‘वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाको छोरीलाई आफ्नी छोरी रुबीना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी राजेशमान सिंहले वीरगंज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं का.वा. वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल समेतका प्रतिवादीहरुसँग मिलेमतो गरी अर्काको छोरीलाई आफ्नो छोरी भनी गलत वेहोरा खुलाई रुविना श्रेष्ठको जन्मदर्ता प्रमाणपत्र तयार गर्नका लागि सूचक भई सूचक फाराम भरी वीरगंज महानगरपालिका वडा नं. ३ कार्यालयमा पेस गरी मिति २०७१।०७।२० मा जन्मदर्ता प्रमाणपत्र लिएको, सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा नागरिकता सिफारिस तयार गरी गराई जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५।०४।१३ मा रुविना श्रेष्ठका नाममा नागरिकता प्रमाण पत्र जारी गरे गराएको देखिएको, जन्मदर्ता प्रमाणपत्र जारी गर्दा जानी बुझी गलत लिखत तयार पार्ने, सरकारी निकाय वा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार एवं गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गरी हेरफेर गर्ने गराउने र कागजात लुकाउने, नोक्सान पुर्‍याउने एवं नष्ट गर्ने गराउने कार्य गरेको देखिएको साथै प्रतिवादीहरु गृह मन्त्रालयका तत्कालीन उपसचिव (छानविन समितिका संयोजक) पुस्कर राना र तत्कालीन शाखा अधिकृत (छानविन समितिका सदस्य) पर्शुराम पोखरेलले गैरकानुनी तवरवाट नागरिकता प्रमाणपत्र दिए दिलाएको सम्बन्धमा सत्यतथ्य बुझ्न नेपाल सरकार, गृहमन्त्रालयबाट गठित छानविन समितिको संयोजक र सदस्य रही उक्त कार्य कसुरका सम्बन्धमा गलत बेहोराको प्रतिवेदन तयार गरे गराएको, त्यस्ता कागजात जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयबाट नासे मासे नस्ट गरेको कुरा प्रष्ट उल्लेख गरी अनुसन्धान कारवाही गर्नुपर्ने औचित्य आवश्यकता र कसुरको गंभिरताका विषयलार्इ पूरै ढाकछोप गरेको देखिएको, प्रतिवेदन दिंदा भए गरेको यथार्थ सत्य तथ्य बेहोराको प्रतिवेदन पेस गर्नु गराउनु पर्नेमा गलत बेहोरा उल्लेख गरी गलत प्रतिवेदन दिएको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र इलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको स‍ुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने ...
। गोर्खा सैनिकहरूले उठाउँदै आएको मागका विषयमा नेपाल र बेलायतबीच मन्त्रीस्तरीय छलफल भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका डिफेन्स सेक्रेटरी जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति मन्त्री लुइस स्यान्डर जोन्ससँग छलफल गरेका हुन् । परराष्ट्रमन्त्री खनालले गोर्खाहरूको समस्या तत्काल र न्यायपूर्ण तरिकाले समाधान गर्नुपर्ने धारणा राखेको भर्चुअल छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ...
: नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने बताइन्। ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र 'नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ' भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए। प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको ...