मुख्य समाचार
ज्ञानबहादुर शाहीले संसदमा पेश नगरी करका दर हेरफेर गर्ने अर्थमन्त्री स्वर्णीम वाग्लेलाई छानबिन गरेर कारबाही गर्न माग
ज्ञानबहादुर शाहीले संसदमा पेश नगरी करका दर हेरफेर गर्ने अर्थमन्त्री स्वर्णीम वाग्लेलाई छानबिन गरेर कारबाही गर्न माग

: राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले संसदमा पेश नगरी करका दर हेरफेर गर्ने अर्थमन्त्री स्वर्णीम वाग्लेलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा पेश भएको आर्थिक विधेयकका करका दर हेरफेर गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।

उनले सूचना लिग गरेर कोरला नाकाबाट गाडी भित्रिएको भन्दै आपत्ति जनाए। उनले भने,‘बजेट बनाउँदा बजेटका करका दर हेरफेर गर्न अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन। अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्छ। करका नीतिमा मात्र होइन आर्थिक विधेयक चलाइएको छ।’

करबारे अर्थमन्त्रीबाहेक सचिवलाई समेत जानकारी नहुने उनको दाबी छ। उनले भने,‘करका दल हेरेफेर र नियमन गर्न सचिवलाई समेत थाहा हुँदैन। त्यो अर्थमन्त्री र स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन। तर सूचना लिग गराएर गाडी आएका छन्। यो 'कन्फ्लिट अफ इन्ट्रेस्ट' नभए के हो ?’



सांसद शाहीले संसदीय छानबिन समिति गठन गर्न माग गरे। उनले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि सरकारले आफैँ छानबिन समिति बनाएकाले आफैं निर्दोष भएको बताउँदै हिँडेकोप्रति आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरे।

देश किसान र सामान्य मजदुरले नबिगारेको उल्लेख गर्दै सत्ता र शक्तिमा भएकाले बिगारेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र इलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको स‍ुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने ...
। गोर्खा सैनिकहरूले उठाउँदै आएको मागका विषयमा नेपाल र बेलायतबीच मन्त्रीस्तरीय छलफल भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका डिफेन्स सेक्रेटरी जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति मन्त्री लुइस स्यान्डर जोन्ससँग छलफल गरेका हुन् । परराष्ट्रमन्त्री खनालले गोर्खाहरूको समस्या तत्काल र न्यायपूर्ण तरिकाले समाधान गर्नुपर्ने धारणा राखेको भर्चुअल छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ...
: नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने बताइन्। ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र 'नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ' भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए। प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको ...