मुख्य समाचार
औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता राफसाफ गर्न ताकेता
औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता राफसाफ गर्न ताकेता

। लामो समयदेखि औद्योगिक क्षेत्रको अर्बौं रुपैयाँ बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई सात दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सरकारले निर्देशन दिएको छ ।

तोकिएको म्यादभित्र बक्यौता रकम नतिरेमा सम्झौताको शर्त एवम् नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जेठ २५ गते सूचना जारी गरी जमिन, भवन, विद्युत र पानी लगायतका सेवा प्रयोग गरेबाफत नियमित बुझाउनुपर्ने महसुल सात दिनभित्र बुझाएर बक्यौता रकम राफसाफ गर्न भनेको हो ।

लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सन्चालित १५१, हेटौंडा औद्योगिक क्षेत्रभित्र सन्चालित १३१ र पाटन औद्योगिक क्षेत्रभित्र सन्चालित ९४ उद्योगहरुले बक्यौता रकम तिरेका छैनन् ।

पोखरा, बुटवल, विरेन्द्रनगर, भक्तपुर र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सन्चालित उद्योगहरुले पनि बक्यौता राफसाफ गरेका छैनन् ।

सार्वजनिक विवरण अनुसार औद्योगिक क्षेत्रभित्र सन्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठूला व्यापारिक घरानाहरू नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन् ।

गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेडको जमिन बहाल आदिको ३ करोड ७३ लाख १९ हजार रुपैयाँभन्दा बढी बक्यौता छ ।

कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा.लि.को जग्गा/भवन बहालको ३ करोड ६९ लाख १० हजार रुपैयाँ भन्दा बढी बक्यौता छ ।

बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेकको शैक्षिक/औद्योगिक बहाल २ करोड ५५ लाख ८६ हजार ७६३ रुपैयाँ, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला)को जग्गा तथा पूर्वाधार बहाल प्रयोग गरेबाफतको १ करोड ७५ लाख २४ हजार रुपैयाँ भन्दा बढी बक्यौता छ ।

बालाजु अटो वर्क्स प्रा.लि. १ करोड ४५ लाख, २५ हजार रुपैयाँ भन्दा बढी नेपाल ग्यास उद्योगको १ करोड ३१ लाख ६ हजार भन्दा बढी र कन्टिनेन्टल सर्भिसेज प्राइभेट लिमिटेडको ९९ लाख ९१ हजार रुपैयाँ बढी बक्यौता छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र इलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको स‍ुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने ...
। गोर्खा सैनिकहरूले उठाउँदै आएको मागका विषयमा नेपाल र बेलायतबीच मन्त्रीस्तरीय छलफल भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका डिफेन्स सेक्रेटरी जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति मन्त्री लुइस स्यान्डर जोन्ससँग छलफल गरेका हुन् । परराष्ट्रमन्त्री खनालले गोर्खाहरूको समस्या तत्काल र न्यायपूर्ण तरिकाले समाधान गर्नुपर्ने धारणा राखेको भर्चुअल छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ...
: नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने बताइन्। ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र 'नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ' भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए। प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको ...