मुख्य समाचार
विपक्षी दलका सांसदहरुले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग
विपक्षी दलका सांसदहरुले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग

: प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरुले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरुले स्वयं प्रधानमन्त्री बालेन शाह उपस्थित भएर माफी माग्नुपर्ने अडान राखेका हुन्।

बैठकमा नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री बर्षमान पुनले सदनको गतिरोध अन्त्य गर्नको लागि सदन स्थगित गरेर छलफलमा जुट्न आग्रह गरे । सीमाका विषयमा प्रधानमन्त्रीको जवाफमा आफूहरूको अडान कायमै रहेको उनको भनाई छ।

उनले सदनलाई सुचारु गर्न सत्तारुढ दलबाट विभिन्न प्रस्ताव आएको अवस्थामा केही समय बैठक रोकेर छलफल गर्नुपर्ने बताए। उनले बालेनले भन्न खोजेको के हो स्पष्ट पार्न शंकाको लाभ उपलब्ध गराइरहेको उल्लेख गरे।



विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र इलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको स‍ुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने ...
। गोर्खा सैनिकहरूले उठाउँदै आएको मागका विषयमा नेपाल र बेलायतबीच मन्त्रीस्तरीय छलफल भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका डिफेन्स सेक्रेटरी जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति मन्त्री लुइस स्यान्डर जोन्ससँग छलफल गरेका हुन् । परराष्ट्रमन्त्री खनालले गोर्खाहरूको समस्या तत्काल र न्यायपूर्ण तरिकाले समाधान गर्नुपर्ने धारणा राखेको भर्चुअल छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ...
: नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने बताइन्। ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र 'नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ' भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए। प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको ...