मुख्य समाचार
परराष्ट्रमन्त्री खनालले राखे नेपालको स्पष्ट अडान
परराष्ट्रमन्त्री खनालले राखे नेपालको स्पष्ट अडान

। गोर्खा सैनिकहरूले उठाउँदै आएको मागका विषयमा नेपाल र बेलायतबीच मन्त्रीस्तरीय छलफल भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका डिफेन्स सेक्रेटरी जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति मन्त्री लुइस स्यान्डर जोन्ससँग छलफल गरेका हुन् ।

परराष्ट्रमन्त्री खनालले गोर्खाहरूको समस्या तत्काल र न्यायपूर्ण तरिकाले समाधान गर्नुपर्ने धारणा राखेको भर्चुअल छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए । ‘गोर्खाहरू दुई देशबीचको सम्बन्धको मेरुदण्ड हुन्’, परराष्ट्रमन्त्री खनालको भनाइ उधृत गर्दै ती अधिकारीले भने, ‘समस्या समाधान भयो भने गोर्खा भर्तीले निरन्तरता पाउन पनि सहज हुन्छ ।’

नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्व दर्शाउँदै मन्त्री खनालले गोर्खाहरूका गुनासाहरूको दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकता औँल्याएका थिए । खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी मुद्दाहरू सम्बोधन गर्न बेलायती सरकारलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘परराष्ट्र मन्त्रीज्यूले यो समस्या सकेसम्म चाँडो र न्यायको आधारमा समाधान होस् भन्ने नेपालको धारणा हो भन्नु भयो,’ छलफलमा सहभागी एक जना पूर्व गोर्खा सैनिकले भने ।

बेलायती रक्षा सचिव जोन हिलीका तर्फबाट मन्त्री लुइस स्यान्डर–जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूको समस्याको समाधानका लागि नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरिन् ।

‘बेलायतको तर्फबाट संवादको माध्यमबाट समस्या समाधान गर्न तत्पर रहेको धारणा आए पनि उहाँहरूबाट कुनै प्रतिबद्धता भने आएन,’ ती गोर्खा सैनिकले अनलाइनखबरसँग भने ।

सन् १९४७ को सम्झौता अनुसार नेपालीहरू बेलायती सेनामा भर्ती हुँदै आएका छन् । त्यतिबेला समानताको आधारमा भर्ती गरिने सम्झौता भए पनि त्यसको पालना नभएको भन्दै गोर्खाहरूले आन्दोलन गर्दैआएका छन् ।

बैठकमा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई, लोकबहादु क्षेत्री, गणेश ढकाल लगायतका अधिकारीहरू सहभागी थिए।

बेलायती पक्षबाट सांसद एलेक्स बेकर, बेलायती रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू सहभागी थिए ।

पूर्व गोर्खासैनिकहरू जुद्धबहादुर गुरुङ, ज्ञानराज राई, शेर घिसिङ लगायत सहभागी थिए ।

त्यसअघि मन्त्री खनालले बेलायतमा बसोबास गरिरहेका बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग पनि भर्चुअल अन्तरक्रिया गरेका थिए ।

उक्त बैठकको समन्वय तथा सहजीकरण लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका थिए ।

बेलायतले नेपालीलाई क्षतिपूर्ति, समान पेन्सन लगायतबापत ३० देखि ४० खर्ब रुपैयाँ दिनुपर्ने ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई बताउँछन् । मन्त्रीस्तरीय छलफलमा सहभागी राईले भने, ‘हाम्रो परराष्ट्रमन्त्रीले मजबुत तरिकाले कुरा राख्नुभएको छ । यसले सकारात्मक परिणाम आउन मद्दत गर्नेमा विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र इलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको स‍ुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने ...
: नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने बताइन्। ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र 'नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ' भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए। प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको ...
: प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरुले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरुले स्वयं प्रधानमन्त्री बालेन शाह उपस्थित भएर माफी माग्नुपर्ने अडान राखेका हुन्। बैठकमा नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री बर्षमान पुनले सदनको गतिरोध अन्त्य गर्नको लागि सदन स्थगित गरेर छलफलमा जुट्न आग्रह गरे । सीमाका विषयमा प्रधानमन्त्रीको जवाफमा आफूहरूको अडान ...