मुख्य समाचार
विश्वकप फुटबल खेलाउन छनोट भएका सोमाली रेफ्री अर्तानलाई अमेरिका प्रवेशमा रोक
विश्वकप फुटबल खेलाउन छनोट भएका सोमाली रेफ्री अर्तानलाई अमेरिका प्रवेशमा रोक

। फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

विश्वकपको फाइनल चरणमा रेफ्री बन्ने पहिलो सोमाली नागरिकका रूपमा इतिहास रच्ने तयारीमा रहेका अर्तानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले रोकेका हुन् ।

अमेरिका प्रवेश अनुमति नपाएपछि उनलाई फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको बीबीसीले जनाएको छ । अर्तान हाल टर्कीमा रहेको बताइएको छ ।

अमेरिकी अध्यागमन अधिकारीहरूले अर्तानलाई किन प्रवेशमा रोक लगाइएको हो भन्नेबारे आधिकारिक जानकारी दिएका छैनन् । तर सोमालिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) सूचीमा रहेका देशहरूमध्ये एक हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी अधिकारीहरूसँगको छलफलपछि अर्तानले विश्वकपमा प्रशिक्षण लिन र खेल सञ्चालन गर्न नसक्ने पुष्टि गरेको छ ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्याच अफिसियल ओमार अब्दुल्कादिर अर्तानलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न नदिइएकाले उनी फिफा विश्वकप २०२६ मा प्रशिक्षण लिन तथा खेल सञ्चालन गर्न असमर्थ हुनेछन् ।’

अर्तानसँग थियो कूटनीतिक राहदानी

फिफाले आफूहरू भिसा वा अध्यागमन प्रक्रियामा संलग्न नहुने स्पष्ट गर्दै कसलाई देशभित्र प्रवेश अनुमति दिने र कसलाई नदिने भन्ने निर्णय गर्ने अधिकार आयोजक देशको सरकारसँग नै हुने जनाएको छ ।

सोमालियाको युवा तथा खेल मन्त्रालयका एक वरिष्ठ सल्लाहकारले बीबीसीसँग कुरा गर्दै अर्तानसँग सबै वैध यात्रा कागजात रहेको भए पनि उनलाई प्रवेश नदिइएको पुष्टि गरेका छन् ।

नैरोबीस्थित सोमाली दूतावासका एक अधिकारीका अनुसार अर्तानलाई विगतमा भिसा सम्बन्धी समस्या देखिएकाले उनको सहज आवतजावतका लागि विशेष रूपमा कूटनीतिक राहदानी जारी गरिएको थियो ।

यसैबीच सोमाली फुटबल महासंघ (एसएफएफ) ले अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको विषयमा फिफासँग तत्काल जवाफ मागेको छ । बीबीसी वर्ल्ड सर्भिससँग कुरा गर्दै विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका प्रमुख एन्ड्रुयु जुलियानीले व्यक्तिगत विवरण खुलाउन नसकिने बताए पनि अमेरिकी सीमा तथा भन्सार सुरक्षाले सही निर्णय गरेको दाबी गरेका छन् ।

‘वर्षको उत्कृष्ट पुरुष रेफ्री’ थिए अर्तान

अर्तान फिफाले विश्वकप २०२६ का लागि घोषणा गरेका ५२ जना रेफ्रीमध्ये एक थिए । उनी सन् २०२५ मा अफ्रिकी फुटबल महासंघ (ऋब्ँ) द्वारा ‘वर्षको उत्कृष्ट पुरुष रेफ्री’ घोषित भएका थिए ।

सन् २०१८ देखि फिफा रेफ्री रहेका अर्तानले अफ्रिका कप अफ नेसन्स (ब्ँऋइल्) लगायतका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल सञ्चालन गरिसकेका छन् ।

क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम