मुख्य समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्

: नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन्।

मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङ र पुनलाई मन्त्रीका लागि सिफारिस गरेका थिए। राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।



गुरुङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री थिए। सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको थियो। समितिले उनलाई 'क्लिन चिट' दिएपछि प्रधानमन्त्री शाहले पुनः गृहको जिम्मेवारी दिएका हुन्।

त्यस्तै पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका थिए। फागुन २१ को निर्वाचनअघि राजीनामा दिएर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठनसहित विभिन्न चार निर्णयहरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र ...
। डेढ एक महिना अघि सार्वजनिक प्रश्न र विवादका कारण गृहमन्त्री पदबाट बाहिरिएका सुधन गुरुङ आजबाट फेरि त्यही मन्त्रालयमा फर्किएका छन् । सरकारले आफैं गठन गरेको छानबिन समितिले उनको सम्पत्ति, सेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। त्यो प्रतिवेदनको आधारमा सुघनले सफाइ पाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृह ...
: सरकारले विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । यसअघिका तदर्थ समिति अध्यक्ष विनोदकुमार शर्माले राजीनामा बुझाएका थिए । भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् । यस्तै ...
: सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीको बचाउ गरेका छन् । मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सुनाउने क्रममा सरकारका प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् । सरकारका प्रवक्तालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका विषयमा सोधेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्रीले राम्रो बजेट ल्याएको र त्यसमा आफूहरुको ...
। कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई दुग्ध क्षेत्रको समग्र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छिन् । बोर्ड अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको प्रवर्द्धनका लागि सरकारलाई नीतिगत सुझाव दिनुका साथै उत्पादन, उपभोग, गुणस्तर र बजार व्यवस्थापनमा सुधार ल्याउनुपर्नेमा जोड दिइन् । उनले आयात प्रतिस्थापन र निर्यात ...