मुख्य समाचार
वजारमा गुणस्तरहिन वस्तुको विक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन
वजारमा गुणस्तरहिन वस्तुको विक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन

: वजारमा गुणस्तरहिन वस्तुको विक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा दर्ता नै नगरी पसल व्यवसाय सञ्चालन गरिएको पाइएको छ ।

संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका–९ कोलोनी बजारमा रहेको विभिन्न प्रकृतिका १६ वटा पसलहरुको एकै पटक सोमवार छड्के अनुगमन गरेको हो । होलसेल तथा खुद्रा सामग्री पसल, किराना पसल, तरकारी तथा मासु पसल, मार्टको अनुगमन गरेको हो । एकै दिन १६ वटा विभिन्न पसल व्यवसाय तथा कपडा र फर्निचर कारखानामा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।

सरोकारवालासहितको संयुक्त वजार अनुगमन टोलीले किराना पसल, तरकरी तथा फलफुल पसल, मासु पसल, कोल्ड स्टोर्स, मार्ट र कपडा गार्मेण्ट कारखाना समेत गरी १६ वटा पसलमा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सीताराम घिमिरेले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा टोलीले मापदण्ड अनुसार पसल व्यवसाय सन्चालन गर्न निर्देशन दिएको छ ।



किराना, तरकारी, मासु पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्वन्धमा वजार अनुगमन गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रबहादुर पण्डितले वताए । उनका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मुल्यसूची, गुणस्तरीयता, लेवल, नापतौल, खाद्यवस्तु खरिद विल र विक्री विलको निरीक्षण गरिएको हो ।

निरीक्षणको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिदै, पहिलो पटकलाई सुधार गर्न सुझाव दिदै र केहि व्यवसायीलाई आवस्यक कागजातसहित उद्योग तथा वाणिज्य कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख सीताराम घिमिरेको भनाई छ ।
सर्वसाधारणले भने औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरेको गुनासो गर्दै महिनै पिच्छे यसलाई निरन्तरता दिन माग गरेका छन् ।

औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरिएको जनाउंदै उपभोक्ता तथा सर्वसाधारण आक्रोशित भएका छन् । अन्य वेलामा पनि वजार अनुगमन गर्नु पर्ने उपभोक्ताहरु बताउँछन् । खाद्य वस्तुमा गुणस्तरीयताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरुले उजुरी तथा गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बिपक्षी दलले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बिपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ...
: राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्य गलत भएकाले स्पष्ट पार्नुपर्ने बताएकी छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सदन विपक्षले नभई सत्ता पक्षले गरिरहेको बताएकी हुन्। उनले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउनुबाहेक संसद अवरोध हट्ने अर्को उपाय नदेखेको बताइन्। उनले भनिन्, ‘संसद अवरोध हटाउन दुईवटा विकल्प छन् । प्रधानमन्त्री बालेनको भनाईमा समर्थन ...
: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताए। उनले मन्त्रालयमा रातदिन काम गर्ने बढीमा तीन वर्षमात्र मन्त्री पदमा बस्ने उनको भनाइ छ। 'विज्ञान, प्रविधिको कुरामा ढिला हिंडेर ठाउँमा पुगिँदैन। द्रूत गतिमा, ...
: गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। त्यस्तै जेनजी आन्दोलनमा फौजदारी अभियोग लगाइएकाहरूको हकमा मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गृहमन्त्री गुरुङले गरेका छन्। त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने, ...
: सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठनसहित विभिन्न चार निर्णयहरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र ...