: सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल आवश्यकता अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न कुनै समस्या नभएको बताएका छन् ।
मन्त्रिपरिषदले आज गरेका निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन शाहलाई संसदमा जान अप्ठ्यारो भएको भए सुरुमै नजाने बताए । प्रधानमन्त्री संसदमा गएका बेला सोध्ने प्रश्नहरु नै नभएको बताउँदै उनले भने, ‘हामीले सोंचे भन्दा एकदम कम प्रश्नहरु मात्र आए ।’
उनले प्रधानमन्त्री शाहले जति प्रश्नहरु आउँछन् भनेर सोंचेको त्यति प्रश्नहरु नै नआएको सरकारका प्रवक्ता पोखरेलले बताएका छन् । उनले आवश्यकता अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्छ जस्तो लागे सम्बोधन गरिहाल्ने बताउँदै प्रवक्ता पोखरेलले भने, ‘आवश्यकता अनुसार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नलाई अप्ठ्यारो छैन भन्ने कुरा छ ।’