मुख्य समाचार
कारमार्फत युवती सप्लाइ गरी यौनधन्दा, १२ युवतीसहित १६ जना समातिए
कारमार्फत युवती सप्लाइ गरी यौनधन्दा, १२ युवतीसहित १६ जना समातिए

। कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको हो । प्रहरी वृत्त गौशालाको टोलीले गौशाला क्षेत्रमा अवैध रूपमा यौनधन्दा चलाएको आरोपमा अपरेशन गरेर १६ जनालाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्ने चार पुरुषहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ घर भएका ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका–८ घ भएका २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं–९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरको मनहरी गाउँपालिका–२ का ३३ वर्षीय विकास भुलन छन् । त्यस्तै यौनधन्दामा लागेका १२ युवतीहरू पनि पक्राउ परेका छन् ।

उनीहरूबाट युवती सप्लाई गर्न प्रयोग भएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार, बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समूहले फेसबुक, इन्टाग्राम, ह्वाट्स एप, टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत ग्राहक खोज्ने र मोलमोलाई गरेर रकमका कुरा मिलेपछि उनीहरूले भनेको ठाउँमा युवती सप्लाई गर्ने गरेको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जालमार्फत नै युवतीका तस्वीर, भिडियोहरू ग्राहकलाई देखाउने र रकमको बार्गेनिङ गरेर कुरा मिले अहिले बरामद भएको कार तथा ट्याक्सीमार्फत युवती सप्लाई हुने गरेको प्रहरीले बताएको छ ।

उनीहरुले विशेषगरी गौशाला क्षेत्रका होटलमा युवती सल्पाइ गर्ने गरेको प्रहरी बताउँछ ।

अहिले पक्राउ परेका विकास भुलन व्यक्ति समेत होटल सञ्चालक हुन् । विवेक स्याङ्तान ट्याक्सी ड्राइभर हुन् भने राजकुमार गौतम कार साहु हुन् । अर्का सुनिल तामाङ भन्ने व्यक्ति ग्राहक खोजी गर्ने व्यक्ति हुन् ।

उनीहरूले प्रतिग्राहक करिब १० हजार रुपैयाँसम्म लिएर युवतीहरु सप्लाई गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूबाट बरामद मोबाइलमा यौनधन्दाका विषयमा गरेका कुराकानीहरू, रकमको बार्गेनिङ गरेका विषयहरू भेटिएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यका कारमार्फत युवती सप्लाई हुने गरेको देखिएको छ । यसअघि पनि गौशाला क्षेत्रबाटै यस्तै प्रकृतिको घटना भएको थियो ।

आफ्नै कारमा राखेर युवतीहरू सप्लाई गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पु‍र्‍याउने र मोटो रकम असुल्ने गरेको पाइएपछि प्रहरीले दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई बूढानलीकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

गत २० मंसिरमा पक्राउ परेका उनले अहिले जस्तै गरी आफ्नै कारमार्फत युवती सप्लाइको धन्दा चलाएका थिए । कार्कीले ठमेल, गौशाला, गोंगबु तथा एअरपोर्ट अगाडिका होटलहरूमा युवती सप्लाई गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिदेखि होटलकै स्टाफहरूसँग सम्पर्क गर्ने गरेका थिए । उनले होटलसँग सम्बन्धित व्यक्ति र युवतीसँग पनि सम्पर्क गरी बीचमा बसेर काम गर्ने गरेको पाइएको प्रहरीले बताएको थियो । अहिले पनि त्यही शैलीमा काम भएको प्रहरीले बताएको छ ।

कार्कीलाई पक्राउ गर्दा उनको मोबाइलमा ५० युवतीहरूको तस्वीरसमेत भेटिएको थियो । युवतीहरूको तस्वीर उपलब्ध गराएपछि होटलमा बस्न आउने ग्राहकहरूलाई ती तस्वीर देखाएर मोलमोलाइ गर्दै डिल गरेर युवती मगाउने गरिएको प्रहरीले बताएको थियो । उनीपछि पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यूएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति पाएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान गर्ने गरी फ्लाई दुबईले अनुमति पाएको जानकारी दिए । ‘नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको छ,’ उनले भने, ‘उच्चस्तरीय ...
। नवनियुक्त मन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने बताएका छन् । सरकारले तत्काल क्वार्टर दिने अवस्था नभएको बारे आफूलाई थाहा भएको बताउँदै उनले आफू मन्त्रालयमै सुत्ने बताएका हुन् । मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने र बस्ने बताए । ‘यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो । ...
। कैलालीको धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलेको छ । उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आइतबार मृत भेटिएका कैलारी गाउँपालिका–९ गदरियाका रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए । उनका अनुसार ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले बजेट अगाडि भित्रिएका सबै गाडी पुरानै र नियमित प्रक्रियाबाट ल्याइएको स्पष्टीकरण दिएको छ । बजेट मार्फत कर बढ्ने सूचना चुहाएर व्यवसायीलाई लाभ हुने गरी उत्तरी नाकाबाट सवारीसाधन बजेटअघि भित्र्याइएको आरोप लागेछि त्यसबारे मंगलबार अर्थमन्त्री वाग्लेको सचिवालयले स्पष्टीकरण सार्वजनिक गरेको हो । ‘यो घटना मुस्ताङको कोरला र रसुवाको रसुवा भन्सार कार्यालयसँग सम्बन्धित ...
। काठमाडौंमा अनलाइनमार्फत यौनधन्दा गर्ने गिरोहका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वाट्सएप, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर होटलमा भेट गरी यौनजन्य गतिविधि गरेको आरोपमा ती १६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ पुरुष र १२ महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भएका काठमाडौंमा होटल सञ्चालक ३३ ...