मुख्य समाचार
सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता
सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता

। सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिवशिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।

समितिका अनुसार आज शिवशिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यूएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति पाएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान गर्ने गरी फ्लाई दुबईले अनुमति पाएको जानकारी दिए । ‘नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको छ,’ उनले भने, ‘उच्चस्तरीय ...
। नवनियुक्त मन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने बताएका छन् । सरकारले तत्काल क्वार्टर दिने अवस्था नभएको बारे आफूलाई थाहा भएको बताउँदै उनले आफू मन्त्रालयमै सुत्ने बताएका हुन् । मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने र बस्ने बताए । ‘यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो । ...
। कैलालीको धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलेको छ । उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आइतबार मृत भेटिएका कैलारी गाउँपालिका–९ गदरियाका रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए । उनका अनुसार ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले बजेट अगाडि भित्रिएका सबै गाडी पुरानै र नियमित प्रक्रियाबाट ल्याइएको स्पष्टीकरण दिएको छ । बजेट मार्फत कर बढ्ने सूचना चुहाएर व्यवसायीलाई लाभ हुने गरी उत्तरी नाकाबाट सवारीसाधन बजेटअघि भित्र्याइएको आरोप लागेछि त्यसबारे मंगलबार अर्थमन्त्री वाग्लेको सचिवालयले स्पष्टीकरण सार्वजनिक गरेको हो । ‘यो घटना मुस्ताङको कोरला र रसुवाको रसुवा भन्सार कार्यालयसँग सम्बन्धित ...
। काठमाडौंमा अनलाइनमार्फत यौनधन्दा गर्ने गिरोहका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वाट्सएप, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर होटलमा भेट गरी यौनजन्य गतिविधि गरेको आरोपमा ती १६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ पुरुष र १२ महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भएका काठमाडौंमा होटल सञ्चालक ३३ ...