मुख्य समाचार
इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि लामो समयदेखि प्रतिक्षा गरिएको एउटा महत्त्वपूर्ण फिचर सार्वजनिक
इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि लामो समयदेखि प्रतिक्षा गरिएको एउटा महत्त्वपूर्ण फिचर सार्वजनिक

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि लामो समयदेखि प्रतिक्षा गरिएको एउटा महत्त्वपूर्ण फिचर सार्वजनिक गरेको छ ।

कम्पनीले जुन ८ तारिख सोमबारका दिनदेखि प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिडमा रहेका पोस्टहरूलाई पहिलो पटक आफ्नो इच्छा अनुसार ‘रिअरेन्ज’ गर्ने अनुमति दिएको हो ।

यसअघि इन्स्टाग्राम प्रोफाइलमा पोस्टहरू केवल समयक्रम (क्रोनोलोजिकल अर्डर) अनुसार मात्र देखिने गर्थे। तर यस नयाँ ‘ग्रिड रिअर्डरिङ’ फिचरको आगमनसँगै प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलको स्वरूप कस्तो देखाउने भन्ने कुरामा पूर्ण नियन्त्रण पाएका छन् ।

मेटा कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, प्रयोगकर्ताहरूले आफ्नो जीवनको नयाँ अध्यायलाई हाइलाइट गर्न, पुराना सामग्रीहरूलाई पुनः अगाडि ल्याउन वा आफ्ना मुख्य प्रोजेक्टहरू प्रदर्शन गर्न यो फिचर निकै उपयोगी हुनेछ ।

यो फिचर कसरी प्रयोग गर्ने ?

प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा गइ कुनै पनि पोस्टलाई केही बेर थिचेर (लांग प्रेस) राख्नुपर्छ। त्यसपछि देखिने पप-अप मेनुमा ‘रिअर्डर ग्रिड’ विकल्प चयन गरी पोस्टहरूलाई आफूलाई मन पर्ने स्थानमा ड्रयाग गरेर मिलाउन सकिन्छ । यद्यपि, प्रोफाइलको सबैभन्दा माथि ‘पिन’ गरेर राखिएका पोस्ट र रील्सहरू भने साबिककै स्थानमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...