मुख्य समाचार
यूएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति
यूएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति

। यूएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति पाएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान गर्ने गरी फ्लाई दुबईले अनुमति पाएको जानकारी दिए ।

‘नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको छ,’ उनले भने, ‘उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान सञ्चालनका लागि अनुमति पाएको खबरले सम्पूर्ण पोखरेलीलाई उत्साहित बनाएको छ ।’

यसबाट एक हवाई सेवा थपिने विषयमात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौं केन्द्रित हवाई चाप विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर समेत भएको उनले बताएका छन् ।

दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत ३ सयभन्दा बढी सहरसँग पोखराको पहुँच पुग्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नवनियुक्त मन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने बताएका छन् । सरकारले तत्काल क्वार्टर दिने अवस्था नभएको बारे आफूलाई थाहा भएको बताउँदै उनले आफू मन्त्रालयमै सुत्ने बताएका हुन् । मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने र बस्ने बताए । ‘यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो । ...
। कैलालीको धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलेको छ । उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आइतबार मृत भेटिएका कैलारी गाउँपालिका–९ गदरियाका रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए । उनका अनुसार ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले बजेट अगाडि भित्रिएका सबै गाडी पुरानै र नियमित प्रक्रियाबाट ल्याइएको स्पष्टीकरण दिएको छ । बजेट मार्फत कर बढ्ने सूचना चुहाएर व्यवसायीलाई लाभ हुने गरी उत्तरी नाकाबाट सवारीसाधन बजेटअघि भित्र्याइएको आरोप लागेछि त्यसबारे मंगलबार अर्थमन्त्री वाग्लेको सचिवालयले स्पष्टीकरण सार्वजनिक गरेको हो । ‘यो घटना मुस्ताङको कोरला र रसुवाको रसुवा भन्सार कार्यालयसँग सम्बन्धित ...
। काठमाडौंमा अनलाइनमार्फत यौनधन्दा गर्ने गिरोहका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वाट्सएप, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर होटलमा भेट गरी यौनजन्य गतिविधि गरेको आरोपमा ती १६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ पुरुष र १२ महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भएका काठमाडौंमा होटल सञ्चालक ३३ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्री सुधन गुरुङको निर्णयको स्वागत गरेको छ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णयको स्वागत गरेका हुन् । ‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु’, शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ...