मुख्य समाचार
देशको प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
देशको प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले प्रधानमत्रीले बोले आज रास्वपाको प्रधानमन्त्री हुनुहुन्छ बोल्नुभयो भन्ने विषयवस्तु होइन, भोलि अर्को प्रधानमन्त्री आउँदा तिम्ले हाम्रो देशको सीमा मिचेका छौं, कहाँकहाँ मिचेका छौं देऊ भन्योभने कहाँको भूमि दिने ?,’ शाहीले भने, ‘अति संवेदनशील मुद्दा हो ।’

धेरैले संसद् काम गर्ने थलो हो भनेको बताउँदै उनले भने, ‘यो पनि काम नै हो । देशभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्रभन्दा ठूलो अरु के छ र ?’

देशको इतिहास अहिले चुनाव गरेजस्तो, गीत गाएजस्तो केही गरेर चुनाव जितेजस्तो नभएको उनले बताए । ‘नेपाल देश भएकै कारण अहिले हामी कोही मन्त्री, कोही सांसद भएका छौं । त्यसैले देशको कुरा आउँदा त्यसै स्वीकार गर्ने कुरा आउँदैन,’ शाहीले भने ।

सीमाको विषयमा प्रधानमन्त्रीको जवाफ चाहिने उनले बताए । उनले भने, ‘यो चिया पसलमा दिएको अभिव्यक्ति होइन, देशको प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर दिएको अभिव्यक्ति हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् । उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । ‘दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो,’ उनले ...
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता आङ्देम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्ष केही सांसदहरूले नेपालले भारतको ...
। नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सभामुख उपस्थित हुनु र नहुनेले अब केही फरक नपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलको नेताको हैसितमा भन्छु- उहाँ आउनुस् नआउनुस् हामीलाई अब सरोकार भएन । उहाँ अब गौण हुनुभयो । अब हामीलाई उहाँको उपस्थिति जरुरी ...
। सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ घर भएका ४८ वर्षीय मनोज विश्वकर्मा छन् । किशोर चोरीमा र मनोज चोरीको सुन किनेको आरोपमा पक्राउ परेका हुन् । मनोज सुन पसल सञ्चाल समेत हुन् । ...
। ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले पाँच पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो । योसँगै उनी अब कम्तीमा पनि ५ दिन हिरासतमा रहनेछन् । उनलाई अहिले प्रहरी बालाजुमा राखेर अनुसन्धान ...