मुख्य समाचार
एन्फामाथिको हस्तक्षेप पूर्णरूपमा रोक्न फिफा र एएफसीको पत्र, अन्यथा निलम्बन गरिने
एन्फामाथिको हस्तक्षेप पूर्णरूपमा रोक्न फिफा र एएफसीको पत्र, अन्यथा निलम्बन गरिने

। विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्णरूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत जेठ २ गते (१५ मे) एन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत १२ गते (२५ मार्च) चालेका अन्य कदमहरू अझै फिर्ता लिएको छैन ।

राखेपले एन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको निर्वाचन गराउन दिएको सो निर्देशनलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ ठहर गरेका छन् ।

फिफा र एएफसीले एन्फा महासचिव किरण राईमार्फत राखेपलाई ध्यानाकर्षण गराउँदै आगामी जेठ २८ गतेभित्र राखेपको चैत १२ को निर्णय पूर्णरूपमा खारेज गरिएको लिखित प्रतिबद्धता माग गरेका छन् ।

यदि तोकिएको समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआएमा नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो मुद्दा फिफा काउन्सिलमा लगिने पत्रमा स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा ...
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक छन् । उक्त स्थानबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर २ ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् । ‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा ...
। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहेपनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु ...