मुख्य समाचार
केप भर्डे र स्पेनले गोलरहित बराबरी
केप भर्डे र स्पेनले गोलरहित बराबरी

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एच को पहिलो खेलमा केप भर्डे र स्पेनले गोलरहित बराबरी खेलेका छन्।
एट्लान्टा स्टेडियममा भएको खेलमा स्पेनको अट्याकलाई केप भर्डेको उत्कृष्ट डिफेन्स र गोलकिपरले गोलरहित बराबरीमा रोकिन बाध्य बनायो। गोलरहित बराबरी खेल्दै यी दुई टोलीले १–१ अंक बाँडेका हुन्।
विश्वकपको डेब्यू खेल खेलेको केप भर्डेले सन् २०१० को विश्वविजेतालाई गोलरहित बराबरीमा रोक्दै अंक चोरेको हो। पहिलो विश्वकपमा पहिलो अंकसहित केप भर्डेले विश्वकपको सुरुवात गरेको छ।

खेलको पहिलो हाफमा केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हाले उत्कृष्ट वचावहरु गरे।
दोस्रो हाफको सुरुवाती समयबाट नै स्पेनले दबाब बनायो। जसको फलस्वरुप पनि भोजिन्हाको किपिङ उत्कृष्ट रह्यो।
स्पेनले आक्रमक खेल शैली प्रदर्शन गर्दा खेलको ७० मिनेटसम्म पनि गोल निकाल्न नसक्दा
खेलको ७१ औं मिनेटमा लामिन यमालले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरे। उनले जर्सी नम्बर ९ का गावीलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका हुन्।
खेलको ७३ औं मिनेटमा स्पेनको प्रहार पुनः भोजिन्हाको हातमा पर्यो।
खेलको अन्तिम समयमा केप भर्डेले काउन्टर अट्याक्मा २ वटा राम्रो मौका पनि बनायो। तर भर्डे पनि सफल भने हुन सकेन।
अन्तिम समयसम्म पनि केप भर्डेको डिफेन्स उत्कृष्ट रह्यो। जसको फलस्वरुप केप भर्डेले विश्वकपको डेब्यू खेलमा विश्वकप विजेता स्पेनसँग अंक बाँडेको छ।
यी दुईले पहिलो पटक विश्वकपमा एकअर्काको सामना गरिरहेका हुन्।
केप भर्डेको यो पहिलो विश्वकपको खेल हो।
सन् २०१० को विश्वकप विजेता स्पेनले त्यसयता विश्वकपमा सम्झन लायक छवि बनाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम