मुख्य समाचार
सरकारले ल्याएको बजेटले रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन तथा उत्पादन वृद्धिजस्ता विषयलाई प्राथमिकतामा नराखेको आरोप
सरकारले ल्याएको बजेटले रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन तथा उत्पादन वृद्धिजस्ता विषयलाई प्राथमिकतामा नराखेको आरोप

: नेकपा एमालेका सांसद क्षितिज थेबेले सरकारले ल्याएको बजेटले रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन तथा उत्पादन वृद्धिजस्ता विषयलाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन्। देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी भए पनि बजेटले त्यसको समाधानका लागि ठोस कार्यक्रम ल्याउन नसकेको उनको गुनासो छ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सार्वजनिक भएपछि युवाहरूमा रोजगारी सिर्जना हुने, बेरोजगारीको पीडा अन्त्य हुने र अर्थतन्त्रले गति लिने अपेक्षा जागेको भए पनि व्यवहारमा त्यस्तो कुनै आधार नदेखिएको बताए।

'देशमा अहिले पनि सबैभन्दा ठूलो समस्या बेरोजगारीको हो,' उनले भने, 'तर श्रम तथा रोजगार मन्त्रालयको बजेट हेर्दा न रोजगारीका लागि ठोस योजना भेटिन्छ, न उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम। उत्पादन बढाउने विषय पनि बजेटमा समेटिएको छैन।'

सांसद थेबेले आफ्नो गृहजिल्ला ताप्लेजुङ नेपालको कूल अलैंची उत्पादनको करिब ४५ प्रतिशत हिस्सा ओगट्ने जिल्ला भएको उल्लेख गर्दै अलैंची किसानले बजार अभावका कारण ठूलो समस्या भोगिरहेको बताए।

उनले अलैंचीको अन्तर्राष्ट्रिय बजारीकरण, समर्थन मूल्य निर्धारण तथा कृषि बीमाको व्यवस्था गर्न सरकारसँग माग गरे।

चुनावअघि अलैंचीको मूल्य प्रतिमन एक लाख रुपैयाँभन्दा माथि पुगेको भए पनि अहिले घटेर करिब ८० हजार रुपैयाँमा झरेको उल्लेख गर्दै उनले मूल्य घट्दा किसानहरू मारमा परेको बताए। किसानको हित संरक्षणका लागि सरकारले अलैंचीको समर्थन मूल्य तोक्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको बताइएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेका हुन्। सरकारले ...
: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र ...
: आगामी आर्थिक वर्षका काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। सोमबार बसेको नगर सभाको १९ औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो। यसअघि आइतबार बसेको नगर सभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ क्षेत्र समेटेर १०१ बुँदामा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ...
: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ...
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पार्टीलाई पुनर्गठनको कार्ययोजना गर्न कार्यदल गठन गरेको अवस्थामा अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरे । उनले कार्यदलले अहिले सुझाव संकलन गर्ने काम गरिरहेको भन्दै कार्यदलको सुझावको आधारमा पार्टी पुनर्गठन हुने ...